देउवाका दाहिना उपप्रधान मन्त्रीले भने चुनाब सर्छ र एकै चरणमा हुन्छ,यस्तो छ चुनाब सार्ने खेल



हाम्रो इकोनोमि

उपप्रधान एवम शिक्षामन्त्री गोपालमान श्रेष्ठले मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर २१ गते एकै पटकट गर्ने तयारी भइरहेको बताएका छन् ।

बिहीबार बिहान नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री श्रेष्ठले यस्तो एक चरणमा निर्वाचन हुने खुलासा गरेका हुन् । उनले भने, ‘मंसिर १० गते हुने भनिएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन केही प्राविधिक कारणले मंसिर २१ गतेलाई सार्ने गृहकार्य भैरहेको छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले दुवै निर्वाचन एकै चरणमा हुने दाबी गरे । ‘निर्वाचनप्रति आशंक गर्नु आवश्यक छैन । कात्तिक १० गतेको निर्वाचनलाई कात्तिक २१ गते सार्ने भनिएको मात्रै हो । अब चुनाव एकै चरणमा हुन्छ ।’

मन्त्री श्रेष्ठले सर्वोच्च अदालतको आदेश पनि मतपत्र बेग्लाबेग्लै हुनुपर्छ भन्ने आशय आफूहरूले पाएको भन्दै यसबारेमा महान्याधिवक्ता वसन्तराम भण्डारीसँग समेत प्रधानमन्त्री शेरबहादुर देउवाले परामर्श गरिसकेको बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...