बेवारिसे सुनका गरगहना बुझाइयो



हाम्रो इकोनोमि

सीमा प्रहरी चौकी, झुलाघाटले बेवारिसे अवस्थामा भेट्टाएको गरगहनासहितको झोला जिल्ला प्रहरी कार्यालय, बैतडीमा बुधबार पत्रकार सम्मेलन गरी सम्बन्धित मान्छेलाई बुझाइएको छ ।

मंगलबार गस्तीमा रहेको प्रहरीले साँझ ७ बजेतिर नेपाल—भारत सीमाबजार झुलाघाट नजिक रहेको मौरा बसपार्कको यात्रु प्रतिक्षालयमा भेटिएको बेवारिसे झोलामा साढे पाँच तोला सुनका गरगहनासँगै रहेको लत्ताकपडा दशरथचन्द नगरपालिका–१० बाराकोटका नरेन्द्र बुडाल र उहाँकी श्रीमती ज्योति बुडाललाई बुझाइएको हो ।

बेवारिसे अवस्थामा भेटिएको झोलामा नरेन्द्र बुडालको परिचय खुल्ने मुम्बई इन्टरनेशनल एयरपार्ट पेसेन्जर सर्विस एजेन्ट उल्लेख गरेको परिचयपत्र भेटिएपछि बेवारिसे झोला उहाँको रहेको थाहा हुन आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “झोलामा परिचयपत्र भेटिएकाले सम्बन्धित मान्छेलाई सम्पर्क गरी बुझाइएको हो ।”

उक्त झोलामा एकथान हार सेट, मंगलशुत्र दुई थान, कानको टप दुई थान र आँैठी दुई थान रहेका थिए । परिवारसँगै तिहार मनाउन भारतबाट घर आएका बुडालको उक्त झोला बसपार्कमा छुट्न गएको हो । गरगहनासहित हराएको झोला प्रहरीले फेला पार्दा प्रहरीले कर्तव्य पूरा गरेर सामान फिर्ता गरेको भन्दै बुडालले प्रहरीलाई धन्यवाद दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...