एनआरएनए अध्यक्षमा भट्ट विजयी



हाम्रो इकोनोमि

गैरआवासीय नेपाली संघ ९एनआरएनए०को अध्यक्षमा भवन भट्ट विजयी हुनुभएको छ ।

काठमाडौँमा जारी आठाँै विश्व सम्मेलनमा अध्यक्षका उम्मेदवार जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी हुनुभएको हो । भट्टले एक हजार १९७ मत प्राप्त गरी विजयी हुँदा गुरुङले भने ५८४ मत प्राप्त गरेको एनआरएनए निर्वाचन समितिले जनाएको छ ।

खुला दुई उपाध्यक्ष पदमा कुमारप्रसाद पन्त र कुल आचार्य तथा महिला उपाध्यक्षमा सपिला राजभण्डारी, महासचिवमा डा बद्री केसी, सचिवद्वयमा डबरबहादुर ९डिबी० क्षेत्री र जानकी गुरुङ, कोषध्यक्षमा हिक्मतबहादुर थापा र सह–कोषाध्यक्षमा सोमनाथ सापकोटा विजयी हुनुभएको छ ।

अध्यक्षमा विजयी भएपछि प्रतिक्रिया दिँदै भट्टले आफ्नो कार्यकालमा एनआरएनको नयाँ अध्यायको शुरु हुने तथा स्थापनाकालदेखि पूरा नभएका ऐजेण्डा पूरा गर्ने बताउनुभयो ।अब सबैलाई साथ लिएर अघि बढ्ने उहाँको भनाइ थियो । निर्वाचनमा एक हजार ८५४ मतदाता सहभागी थिए ।

चौध वर्षअघि स्थापना भएको एनआरएनएले हाल ७७ मुलुकमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । एनआरएनएको महाधिवेशन हरेक दुई वर्षमा नेपालमै हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...