राष्ट्रसंघको मानव अधिकार परिषद्मा नेपाल निर्वाचित



हाम्रो इकोनोमि

संयुक्त राष्ट्रसंघकोे ७२औँ महासभाले मानव अधिकार परिषद्मा नेपाललाई पनि निर्वाचित गरेको छ ।

विभिन्न देशका क्षेत्रगत आधारमा रहने परिषद्मा कूल ४७ देशका प्रतिनिधि रहनेछन् । सोमबार भएको निर्वाचनमा नेपाललगायत १५ नयाँ देशले उक्त परिषद्मा प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् । एशिया–प्रशान्त क्षेत्रको चार खाली सदस्यमा भएको निर्वाचनमा नेपालसहित पाकिस्तान, कतार र अफगानिस्तान निर्वाचित भएका छन् ।
एशिया प्रशान्त क्षेत्रको चार सिटमध्ये एकमा नेपाल निर्वाचित भएको हो । नेपाल परिषद्मा निर्वाचित भएपछि न्यूयोर्कस्थित नेपाली स्थायी नियोगका प्रतिनिधि दुर्गा भट्टराईले नेपालले अन्तर्राष्ट्रियस्तरमा मानव अधिकारको क्षेत्रमा प्रतिबद्धता जनाएअनुसारको काम गरेकाले निर्वाचित हुन सफल भएको प्रतिक्रिया दिनुभयो ।
यसले नेपालको छवि अन्तर्राष्ट्रिय मञ्चमा बढाउन प्रेरक भूमिका निर्वाह गर्ने उहाँको भनाइ थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र संघको ७२औँ महासभालाई सम्बोधन गर्ने क्रममा उक्त परिषद्मा नेपालको पनि प्रतिनिधित्व गराउन प्रस्ताव गर्नुभएको थियो ।

संयुक्त राष्ट्रसंघको विश्वभर मानव अधिकार रक्षा र प्रवद्र्धनका लागि स्थापित उच्चस्तरीय अन्तरसरकारी संयन्त्रका रूपमा उक्त परिषद्ले काम गर्ने गर्छ । नेपाललगायतका देशले आगामी जनवरी १, २०१८ देखि उक्त परिषद्को जिम्मेवारी जेनेभास्थित कार्यालयबाट वहन गर्ने भएका छन् । नेपालले गत अगष्टमा न्यूयोर्कस्थित स्थायी नियोगबाट उम्मेदवारी दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...