बाँकेका विद्यालयमा विपद् जोखिम परियोजना सञ्चालन



हाम्रो इकोनोमि

नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा बाँके जिल्लाका १५ विद्यालयमा विपद् जोखिम न्यूनीकरण तथा विद्यालय सुरक्षा प्रवद्र्धन र सुदृढीकरण परियोजना सञ्चालन गरिएको छ ।

सेप्टेम्बर २०१८ सम्म सञ्चालन हुने सो परियोजनाले छनोटमा परेका विद्यालयका शिक्षक र प्रधानाध्यापक तथा सरोकारवालालाई विपद् विश्लेषण, न्यूनीकरण, नक्सांकनसम्बन्धी तालीम, विपद् जोखिम न्यूनीकरणका क्रियाकलाप, विद्यालय र समुदायबीच सम्बन्ध सुदृढीकरणमा मद्दत पु¥याउने र बाल तथा युवा क्लबको परिचालनलगायतका कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।

यहाँस्थित बाँके युनेस्केको क्लबमार्फत सञ्चालन गरिएको सो परियोजना कार्यक्रमअन्तर्गत राप्ती सोनारी गाउँपालिकाअन्तर्गतका जनप्रतिनिधि, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यलाई परियोजना क्रियाकलापका विषयमा अभिमुखीकरण गराइएको छ ।

त्यसैगरी परियोजनामा समेटिएका विद्यालयका शिक्षकलाई विद्यालयमा आइपर्ने दुर्घटनाबाट बालबालिकालाई तत्काल जोगाउन प्राथमिक उपचार तालीमसमेत दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

व्याक नहुने अडानमा कन्सल्टेन्सी व्यवसायीका स्वतन्त्र समुह

    सरकारले ल्याएको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा...

शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...