बाँकेका विद्यालयमा विपद् जोखिम परियोजना सञ्चालन



नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा बाँके जिल्लाका १५ विद्यालयमा विपद् जोखिम न्यूनीकरण तथा विद्यालय सुरक्षा प्रवद्र्धन र सुदृढीकरण परियोजना सञ्चालन गरिएको छ ।

सेप्टेम्बर २०१८ सम्म सञ्चालन हुने सो परियोजनाले छनोटमा परेका विद्यालयका शिक्षक र प्रधानाध्यापक तथा सरोकारवालालाई विपद् विश्लेषण, न्यूनीकरण, नक्सांकनसम्बन्धी तालीम, विपद् जोखिम न्यूनीकरणका क्रियाकलाप, विद्यालय र समुदायबीच सम्बन्ध सुदृढीकरणमा मद्दत पु¥याउने र बाल तथा युवा क्लबको परिचालनलगायतका कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।

यहाँस्थित बाँके युनेस्केको क्लबमार्फत सञ्चालन गरिएको सो परियोजना कार्यक्रमअन्तर्गत राप्ती सोनारी गाउँपालिकाअन्तर्गतका जनप्रतिनिधि, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यलाई परियोजना क्रियाकलापका विषयमा अभिमुखीकरण गराइएको छ ।

त्यसैगरी परियोजनामा समेटिएका विद्यालयका शिक्षकलाई विद्यालयमा आइपर्ने दुर्घटनाबाट बालबालिकालाई तत्काल जोगाउन प्राथमिक उपचार तालीमसमेत दिइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
चितवनमा प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ

    बैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरुलाई ऋण सहजताको लागि प्रभु बैंकले

कैलालीमा शिक्षकलाई भित्रै थुनेर मूल गेटमा ताला

    कैलालीको घोडाघोडी नगरपालिकाले शिक्षा  विद्यार्थीले आन्दोलन सुरु गरेका छन् । शिक्षा

प्रधानमन्त्री ओलीले गरे देशभर अनलाइन शिक्षा सञ्चालनको घोषणा

    प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को आउँदो एसइई परीक्षामा ७०

भारतको औषधि उद्योगमा विस्फोट, १७ जनाको मृत्यु

    भारतको आन्ध्र प्रदेशमा औषधि उद्योगमा विस्फोट हुँदा १७ जनाको मृत्यु भएको