विद्यार्थी आकर्षित गर्न दिवा खाजाको व्यवस्था



सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदै गएका अवस्थामा एक गाउँपालिकाले भने विद्यार्थी आकर्षित गर्न खाजा खुवाउने व्यवस्था मिलाएको छ ।

महाशिला गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा १ देखि ३ कक्षासम्म पढ्ने विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको हो । गाउँपालिकाले गाउँ परिषद्मार्फत विद्यार्थीलाई दिवा खाजा खुवाउन बजेटसमेत विनियोजन गरेको छ ।

गाउँपालिकामा २८ सामुदायिक विद्यालय छन् । गाउँपालिकाले विद्यार्थी संख्याका आधारमा सबै विद्यालयलाई रकम निकासा गर्ने व्यवस्था मिलाएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले बताउनुभयो । “हरेक दिन प्रतिविद्यार्थी रु १० का दरमा खाजा दिने व्यवस्था मिलाएका छौँ”, अध्यक्ष पौडेलले भन्नुभयो “विद्यार्थीको संख्या यकिन भएपछि सबै विद्यालयमा यो लागू भइहाल्छ ।”

दिवा खाजाको व्यवस्थापछि सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ्ने र विद्यालय छाड्ने दर कम हुने विश्वास लिइएको छ ।

सबै विद्यालयमा अनिवार्य अंग्रेजी माध्यममा पढाउनका लागि अभिभावकले निजी विद्यालयमा छोराछोरी पठाउने तथा बसाइँसराइ समेत बढेकाले सबै सामुदायिक विद्यालयमा अनिवार्य अंग्रेजी पठनपाठन गर्ने निर्णय पनि गाउँपालिकाले गरेको छ ।

आगामी शैक्षिक सत्रदेखि बालमैत्री कक्षा र १ कक्षामा अनिवार्य रुपमा अंग्रेजीमा अध्यापन गराइने र सोका विद्यालयका शिक्षकलाई बिहान ८ देखि १० बजेसम्म तालीम दिने व्यवस्था मिलाइएको अध्यक्ष पौडेलले बताउनुभयो । तालीम दिने शिक्षकलाई प्रोत्साहन भत्ता तथा अतिविपन्न विद्यार्थीलाई पोशाक उपलब्ध गराउने गरी बजेटसमेत व्यवस्था मिलाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
टेक्सास टपर्स टक कार्यक्रमको आयोजना हुने

    बुढानिलकण्ठ नगरपालिकामा रहेका विद्यालयमा अध्यनरत उत्कृस्ट विद्यार्थी मार्फत विद्यालय चिनाउनका लागि

नाक, कान, घाँटिको नि:शुल्क स्वास्थ्य शिविरबाट २ सय जना लाभान्वित

पूर्कोट नेवा समाज काठमाडौकाे पहलमा काठमाडौं नाक,कान,घाँटि अस्पतालको सहयोगमा भानु नगरपालिका तनहुका वडा

भरतपुरमा स्कुल बसमा आगजनी

  चितवनको भरतपुर महानगरपालिका २० दद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल

जापान पठाइदिने भन्दै ३ करोड ठगी आरोपमा २ जना पक्राउ

      अर्काको नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने भन्दै ठगी