विद्यार्थी आकर्षित गर्न दिवा खाजाको व्यवस्था



हाम्रो इकोनोमि

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदै गएका अवस्थामा एक गाउँपालिकाले भने विद्यार्थी आकर्षित गर्न खाजा खुवाउने व्यवस्था मिलाएको छ ।

महाशिला गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा १ देखि ३ कक्षासम्म पढ्ने विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको हो । गाउँपालिकाले गाउँ परिषद्मार्फत विद्यार्थीलाई दिवा खाजा खुवाउन बजेटसमेत विनियोजन गरेको छ ।

गाउँपालिकामा २८ सामुदायिक विद्यालय छन् । गाउँपालिकाले विद्यार्थी संख्याका आधारमा सबै विद्यालयलाई रकम निकासा गर्ने व्यवस्था मिलाएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले बताउनुभयो । “हरेक दिन प्रतिविद्यार्थी रु १० का दरमा खाजा दिने व्यवस्था मिलाएका छौँ”, अध्यक्ष पौडेलले भन्नुभयो “विद्यार्थीको संख्या यकिन भएपछि सबै विद्यालयमा यो लागू भइहाल्छ ।”

दिवा खाजाको व्यवस्थापछि सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ्ने र विद्यालय छाड्ने दर कम हुने विश्वास लिइएको छ ।

सबै विद्यालयमा अनिवार्य अंग्रेजी माध्यममा पढाउनका लागि अभिभावकले निजी विद्यालयमा छोराछोरी पठाउने तथा बसाइँसराइ समेत बढेकाले सबै सामुदायिक विद्यालयमा अनिवार्य अंग्रेजी पठनपाठन गर्ने निर्णय पनि गाउँपालिकाले गरेको छ ।

आगामी शैक्षिक सत्रदेखि बालमैत्री कक्षा र १ कक्षामा अनिवार्य रुपमा अंग्रेजीमा अध्यापन गराइने र सोका विद्यालयका शिक्षकलाई बिहान ८ देखि १० बजेसम्म तालीम दिने व्यवस्था मिलाइएको अध्यक्ष पौडेलले बताउनुभयो । तालीम दिने शिक्षकलाई प्रोत्साहन भत्ता तथा अतिविपन्न विद्यार्थीलाई पोशाक उपलब्ध गराउने गरी बजेटसमेत व्यवस्था मिलाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

व्याक नहुने अडानमा कन्सल्टेन्सी व्यवसायीका स्वतन्त्र समुह

    सरकारले ल्याएको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा...

शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...