निर्धारीत मितिमै चुनाव हुने प्रमुख निर्वाचन आयुत्तको ठोकुवा , यसरी फेल खाए देउवा



हाम्रो इकोनोमि

काठमाडौं । प्रधानमन्त्री देउवाले निर्वाचन सार्न गरेको प्रसता एमाले र माओवादीले नमानेपछि चुनाव हुने पक्का भएको छ । चुनाव सार्न प्रम देउवाले अनेक तिकडम गरेपनि उनि सफल भएनन् । प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवले निर्धारित मितिमै प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुने स्पष्ट पारेका छन् । उनले निर्वाचन मिति अब तलमाथि हुनै नसक्ने बताए ।

प्रमुख दलका शीर्ष नेताहरुसँग आज भएको छलफलपछि पत्रकारहरुसँग कुराकानी गर्दै यादवले यस्तो बताएका हुन् । उनले भने,‘स्थानीय तहको निर्वाचन जुन तरिकाले विश्वमै एउटा ईतिहाँस कायम गरेको छ, अब आगामी निर्वाचनमा पनि यस्तै सफलता होस् भनेर हामीले अपेक्षा गरेका छौं।’

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन समयमै सम्पन्न गर्न र निर्वाचन आचारसंहिता पालना गर्नको लागि प्रमुख दलहरुले प्रतिबद्धता समेत जनाएको जनाए । उनले भने,‘उहाँहरुले खासगरी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, लोकतान्त्रिकबाट प्रतिबद्धता आएको छ, हामी विश्वस्त छौं, अब निर्वाचन तलमाथि हुँदैन्।’

उनले २९ गतेबाट प्रचारप्रसार सुरु हने बताउँदै भने,‘सबै उम्मेद्धवारहरुले आचारसंहिताको पूर्ण पालना होस् भनेर अपेक्षा गरेका छौं, आजको छलफलको मुख्य विषय पनि यही थियो।’

त्यस्तै उनले समानुपातिकतर्फको बन्द सूचि ९२९ गतेको० बन्द सूचिको समय तलमाथि नहुने जिकिर गरे। यादवले भने,‘स्वयम् प्रधानमन्त्रीजीले हामीलाई गो अ हेड भन्नुभयो, त्यस्तै पूर्व प्रधानमन्त्रीहरुले पनि निर्वाचनको मिति सार्नेबारे कुनै कुरा गर्नुभएको छैन, पूर्वनिधौरित मितिमै निर्वाचन हुन्छ।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...