बसको ठक्करले मृत्यु



हाम्रो इकोनोमि

बसको ठक्करबाट चितवनमा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ बैदी घरभएकी २२ वर्षीया निशा थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चौबिसकोठीबाट नारायणगढतर्फ जाँदै गरेको ना ३ ख २२८० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ना ३० प ५५०० नम्बरको मोटरसाइकललाई आज बिहान ११।४५ बजे भरतपुरको वीरेन्द्र क्याम्पस गेट अगाडि ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएकी थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि सवार थापाको मृत्यु भए पनि चालक भने सामान्य रहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने बस र मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

यस्तै भरतपुर महानगरपालिका–१६ का टीकाबहादुर बस्नेत करेन्ट लागेर गम्भीर घाइते हुनुभएको छ । बस्नेत बिहान सडकमा हिँडिरहेको समयमा पोलको तार चँुडिएर करेन्ट लागेको हो । करेन्ट लागेर गम्भीर घाइते बस्नेतको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...