अब पूर्वमा ‘लाटीको छोरो’



हाम्रो इकोनोमि

काठमाडौंको मण्डला नाटकघरमा सफलतापूूर्वक मञ्चन भइसकेको नाटक ‘लाटीको छोरो’ पूर्वमा देखाइने भएको छ । आउँदो कार्तिक २५ गतेबाट १० दिनसम्म नाटक पूर्वका विभिन्न स्थानमा मञ्चन हुने भएको हो ।

श्याम शाहको कथा‘लाटीको छोरो’लाई नाट्य रुपान्तरण गरेर तयार पारिएको यो नाटकलाई सुलक्षण भारतीले निर्देशन गरेका हुन् । उनले यसअघि ‘बोक्सीको घर’ र ‘बिलगेट्स पण्डित’ नाटक निर्देशन गरेर राम्रो प्रशंसा बटुलेका थिए ।

त्यस्तै नाटक‘लाटीको छोरो’बाट ४२ वर्षपछि अभिनेता टिका पहारी नेपाली रंगमञ्चम ाफर्किएका हुन् । लामो समयपछि नाटकमा फर्किएर नयाँ पुुस्तासँग कामगर्न पाउँदा आफूलाई तन्नेरी महसुस भएको उनले बताउँदै आइरहेका छन् ।
यस नाटकलाई पूर्वको विर्तामोडमा कार्तिक २५ गतेदेखि २९ गते सम्म मञ्चन गर्ने तयारी रहेको नाटकको प्रोडक्सन डिजाइनर प्रकाश दाहालले जानकारी दिए ।

त्यसपछि मंसिर १ र २ शिवसताक्षी नगरपालिकाको दुधेमा मञ्चन गर्ने तयारी छ । शिवसताक्षी पछि दमकतिर लाग्ने नाटक युनिटको योजना छ । अन्य स्थानकालागिपनि कुराकानीभइरहेको तर पक्काभइ नसकेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...