शुक्लाफाँटा नगरपालिकामा हात्ती आतंक



हाम्रो इकोनोमि

शुक्लाफाँटा नगरपालिका क्षेत्रमा जंगली हात्तीको झुण्डले धानबालीमा ब्यापक नोक्सानी गर्न थालेपछि स्थानीय बासिन्दा रातभर जाग्राम बस्न थालेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट साँझ नपर्दै बस्तीमा छिर्ने हात्तीको झुण्डले नगरपालिकाको वडा नं ५ र ६ का किसानको धानबालीमा ब्यापक नोक्सानी गरेको छ ।

हात्ती धपाउनका लागि जनप्रतिनिधिसहित स्थानीय बासिन्दा रातभर खेतमा पहरा दिने गरेका छन् । एक सातादेखि निरन्तर रुपमा खेतबारीमा छिर्दै आएको हात्तीको झुण्डले पाकेर काट्नका लागि तयार भएको तीन बिगाहा बढी जग्गाको धानबालीमा नोक्सानी गरेको छ ।

हात्तीको झुण्डले धान खानुका साथै खुट्टाले कुल्चेर बढी नोक्सानी पु¥याउन थालेको नगरपालिका–६ का वडा अध्यक्ष जगता रानाले बताउनुभयो । हात्तीको झुण्डले वडा नं–५ मा दुई दर्जन बढी स्थानीयवासीको दुई बिगा दश कठ्ठा बढी जग्गा र वडा नं–५ मा आधा दर्जन बासिन्दाको आधा बिगा जग्गामा लगाएको धानबालीमा नोक्सानी पु¥याएको छ ।

हात्ती आएपछि घर नै छाडेर ज्यान जोगाउन सुरक्षित स्थानमा भाग्नुपर्ने अवस्था सिर्जना भएको खजुवाका धनमति खत्रीले बताउनुभयो । खत्रीको घरको पर्खाल गत साता हात्तीको झुण्डले भत्काएको थियो ।

जंगली हात्तीको झुण्ड भगाउनका लागि निकुञ्जका कर्मचारीले कुनै सहयोग नगरेको र धानबालीमा भएको क्षतिपूर्तिका लागि माग गरिए पनि नपाइएको स्थानीय बासिन्दाको भनाइ छ । रातिका बेला स्थानीयवासीका खेतमा छिर्ने हात्तीको झुण्ड बिहान हुनै लाग्दा निकुञ्जमा फर्कने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...