शुक्लाफाँटा नगरपालिकामा हात्ती आतंक



हाम्रो इकोनोमि

शुक्लाफाँटा नगरपालिका क्षेत्रमा जंगली हात्तीको झुण्डले धानबालीमा ब्यापक नोक्सानी गर्न थालेपछि स्थानीय बासिन्दा रातभर जाग्राम बस्न थालेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट साँझ नपर्दै बस्तीमा छिर्ने हात्तीको झुण्डले नगरपालिकाको वडा नं ५ र ६ का किसानको धानबालीमा ब्यापक नोक्सानी गरेको छ ।

हात्ती धपाउनका लागि जनप्रतिनिधिसहित स्थानीय बासिन्दा रातभर खेतमा पहरा दिने गरेका छन् । एक सातादेखि निरन्तर रुपमा खेतबारीमा छिर्दै आएको हात्तीको झुण्डले पाकेर काट्नका लागि तयार भएको तीन बिगाहा बढी जग्गाको धानबालीमा नोक्सानी गरेको छ ।

हात्तीको झुण्डले धान खानुका साथै खुट्टाले कुल्चेर बढी नोक्सानी पु¥याउन थालेको नगरपालिका–६ का वडा अध्यक्ष जगता रानाले बताउनुभयो । हात्तीको झुण्डले वडा नं–५ मा दुई दर्जन बढी स्थानीयवासीको दुई बिगा दश कठ्ठा बढी जग्गा र वडा नं–५ मा आधा दर्जन बासिन्दाको आधा बिगा जग्गामा लगाएको धानबालीमा नोक्सानी पु¥याएको छ ।

हात्ती आएपछि घर नै छाडेर ज्यान जोगाउन सुरक्षित स्थानमा भाग्नुपर्ने अवस्था सिर्जना भएको खजुवाका धनमति खत्रीले बताउनुभयो । खत्रीको घरको पर्खाल गत साता हात्तीको झुण्डले भत्काएको थियो ।

जंगली हात्तीको झुण्ड भगाउनका लागि निकुञ्जका कर्मचारीले कुनै सहयोग नगरेको र धानबालीमा भएको क्षतिपूर्तिका लागि माग गरिए पनि नपाइएको स्थानीय बासिन्दाको भनाइ छ । रातिका बेला स्थानीयवासीका खेतमा छिर्ने हात्तीको झुण्ड बिहान हुनै लाग्दा निकुञ्जमा फर्कने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...