‘पिंजडा व्याक अगेन’को गीत रिलिज, सारासँग निखिलको ठुम्का



हाम्रो इकोनोमि

एक्सन स्टारको उपमा पाएका अभिनेता निखिल उप्रेतीको डेब्यू फिल्म हो ुपिंजडाु । सोहि फिल्मको नाम सापटी लिएर सिक्वेलको रुपमा निर्माण भएको फिल्म ‘पिंजडा व्याक अगेन’को पहिलो गीत रिलिज भएको छ । माघ ४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्ममा समावेश ुयता पनि छैन उता पनि छैनु बोलको गीत सार्वजनिक गरियो ।

लोक लयको गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको छ भने राजनराज र अन्जु पन्तको स्वर सुन्न सकिन्छ । निखिल उप्रेती र सारा सिर्पाली फिचरिङ गीतको भिडियोका कोरियोग्राफर रामजी लामिछाने हुन् । गीतको अडियो राम्रो बनेपनि भिडियोको कोरियोग्राफीमा कमजोरी देखिन्छ । भिडियोमा निखिल र साराको केमेष्ट्री भने सुहाएको छ । निखिल र साराले यसअघि ुरुद्रु फिल्ममा एकसाथ काम गरेका थिए ।

कार्यक्रममा बोल्दै नायक निखिल उप्रेतीले सार्वजनिक गीतमा निकै कष्टसँग नृत्य गरेको सुनाए । नायिका साराले निखिल उप्रेतीसँग दोस्रो पटक काम गर्न पाउँदा खुशी महशुस गरेको बताइन् । यस्तै, फिल्मका निर्देशक हिमाल केसीले ‘पिंजडा व्याक अगेन’ एक दशक अगाडि प्रदर्शनमा आएको ुपिंजडाुको सिक्वेल नभएको बताए । उनले भने, ुविल्कुलै नयाँ कथावस्तुमा ‘पिंजडा व्याक अगेन’ निर्माण गरेका छौं । ुपिंजडाुसँग यो फिल्मको कुनैपनि कनेक्सन छैन । एक्सनमा हामीले केही नयाँ प्रयोग गर्ने प्रयास गरेका छौं ।ु

यो फिल्मको कथा मौनता श्रेष्ठले लेखेका हुन् । फिल्ममा निखिल र साराका अलावा सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । सौरभ लामाले खिचेको फिल्ममा रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्रीको लगानी छ ।

 

प्रतिक्रिया दिनुहोस
नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन

    नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक सञ्चालनमा आएको छ । पूर्वाधार विकासमन्त्री,...

यो अन्तिम भोज नै त हैन होला : गोकुल बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का दुई...

एक वर्षमा भित्रिए १२ लाख पर्यटक

    आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी...

एक बर्षमा १७ खर्ब ८१ अर्ब वैदेशिक व्यापार घाटा

    गत आर्थिक वर्ष २०८२/८३ मा २४ खर्ब भन्दा बढीको वैदेशिक व्यापार...