अभिभावकको भरमा शिक्षकको तलब



हाम्रो इकोनोमि

पाल्पाको तानसेन नगरपालिका–७ मदनपोखरास्थित तिन्टीआप आधारभूत विद्यालय सञ्चालनका लागि शिक्षकको तलबका लागि पैसा बुझाउन अभिभावक बाध्य छन् ।

कक्षा ५ सम्म पठनपाठन हुने विद्यालयमा ८४ जना बालबालिकाले पढ्छन् । नर्सरीदेखि कक्षा ५ सम्म अंगे्रजीमाध्यममा पठनपाठन हुँदै आएपनि तीनजनाको दरबन्दी, दुईजना नीजि स्रोत, एकजना बालकक्षा सहयोगी र एकजना विद्यालय सहयोगी रहेको विद्यालयका प्रअ फणिन्द्र ढुंगानाले बताउनुभयो ।

शिक्षकको दरबन्दी काटेपछि निजी शिक्षक राख्नुपर्ने बाध्यताले तलब खुवाउन समस्या बढेपछि विद्यालयको कोष र अभिभावकको सहयोगले विद्यालय अघि बढेको प्रअ ढुंगानाले बताउनुभयो ।

यता, विद्यालयमा नर्सरीमा २०, केजीमा १० जना, कक्षा १ मा १० जना, २ मा आठजना, ३ मा १२ जना, ४ मा १३ जना र ५ मा १२ जना विद्यार्थीका अभिभावकले शिक्षकका लागि वार्षिक विद्यालय सहयोग गर्दै आएका छन् ।

निजी स्रोतबाट पारिश्रमिक लिने जुनु तिवारी र सुनिता पाण्डेयले अरु शिक्षक शिक्षिकासरह नै विद्यालयमा पढाउनुपर्छ, तर उनीहरुको तलब विद्यालयले निर्धारण गरेको रु चारहजार ५०० रहेको छ । शिक्षिका सुनिता पाण्डेयले दुखेसो पोख्नुभयो, “तलब निकै कम भयो ।”

विद्यालयले कक्षा १ मा पढाउने अभिभावकले रु ८००, कक्षा २ का अभिभावकले रु ९००, कक्षा ३ का अभिभावकले रु एकहजार, कक्षा ४ काले रु एक हजार १०० र पाँचकाले रु एक हजार २०० वार्षिक शिक्षकको तलबका लागि भनेर विद्यालयलाई बुझाउँछन् । कक्षा धेरै, शिक्षक कम भएपछि निजी स्रोतबाट शिक्षक राख्ने चलन सामुदायिक विद्यालयमा अलि बढी भएपनि आम्दानीका स्रोत भने निकै कमजोर रहेकाले शिक्षक उधारोमा पढाउन बाध्य छन् ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएकाले अभिभावकले केही राहत होला भन्ने सोचेपनि विद्यालयमा वार्षिकरुपमा पैसा उठाएर विद्यालय चलाउन समस्या रहेकाले यसको समाधानमा चासो देखाउनुपर्ने स्थानीय बासिन्दा बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस
बासुदेव दाहाल– अब्बल शैक्षिक परामर्शकर्मी, इक्यान उपाध्यक्षका उम्मेदवार

    शैक्षिक परामर्श संघ (इक्यान) को आगामी नेतृत्वमा उपाध्यक्ष पदका प्रत्यासी बासुदेव...

रोल्पामा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

    राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलेर घर फर्किंदै गरेका विद्यार्थी बोकेको जीप...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...

बजेट नछुट्याएकाले ९ बुँदे सहमति कार्यान्वयन हुन्न : मन्त्री पुन

  शिक्षामन्त्री महावीर पुनले अघिल्लो सरकारले शिक्षक महासंघसँग ९ बुँदे सहमति गरे पनि...