सप्तरी एमालेले चार वटै क्षेत्रको उम्मेदवार टुंगो लगायो



हाम्रो इकोनोमि

अगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा ९एमाले० सप्तरीले चारवटै क्षेत्रमा उम्मेदवार टुंगो लगाएका छन् ।

प्रतिनिधि सभाका लागि सप्तरी क्षेत्र नं १ बाट सुमनराज प्याकुरेल, २ बाट रञ्जु ठाकुर, ३ बाट तारकान्त चौधरी र ४ बाट मो इस्लामको नाम सिफारिस भएको नेकपा ९एमाले०ले जनाएको छ ।

यस्तै नेपाली काँग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवको अध्यक्षतामा सम्पन्न बैठकले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारहरुको सन्दर्भमा क्षेत्रीय समितिले सिफारिस गरी पठाएको नामावली केन्द्रमा पठाउने निर्णय भएको छ ।

नेपाली काँग्रेस सप्तरीका सचिव भूपेन्द्रनारायण यादवले आज एक प्रेश विज्ञप्ति जारी गर्दै नाम छुटेका अन्य कार्यकर्तासँग समेत सल्लाह गरी केन्द्रमा नामावली सिफारिस गरी पठाउने निर्णय सर्वसम्मतबाट गरिएको विज्ञप्तिमा उल्लेख छ ।

साथै आगामी जिल्ला समन्वय समिति निर्वाचनका लागि सम्पूर्ण पक्षसँग नेपाली काँग्रेसले वार्ताका लागि पहलसमेत गर्ने निर्णय गरेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...