सप्तरी एमालेले चार वटै क्षेत्रको उम्मेदवार टुंगो लगायो



अगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा ९एमाले० सप्तरीले चारवटै क्षेत्रमा उम्मेदवार टुंगो लगाएका छन् ।

प्रतिनिधि सभाका लागि सप्तरी क्षेत्र नं १ बाट सुमनराज प्याकुरेल, २ बाट रञ्जु ठाकुर, ३ बाट तारकान्त चौधरी र ४ बाट मो इस्लामको नाम सिफारिस भएको नेकपा ९एमाले०ले जनाएको छ ।

यस्तै नेपाली काँग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवको अध्यक्षतामा सम्पन्न बैठकले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारहरुको सन्दर्भमा क्षेत्रीय समितिले सिफारिस गरी पठाएको नामावली केन्द्रमा पठाउने निर्णय भएको छ ।

नेपाली काँग्रेस सप्तरीका सचिव भूपेन्द्रनारायण यादवले आज एक प्रेश विज्ञप्ति जारी गर्दै नाम छुटेका अन्य कार्यकर्तासँग समेत सल्लाह गरी केन्द्रमा नामावली सिफारिस गरी पठाउने निर्णय सर्वसम्मतबाट गरिएको विज्ञप्तिमा उल्लेख छ ।

साथै आगामी जिल्ला समन्वय समिति निर्वाचनका लागि सम्पूर्ण पक्षसँग नेपाली काँग्रेसले वार्ताका लागि पहलसमेत गर्ने निर्णय गरेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले, केपी ओली र ममाथिको आक्रमणलाई परास्त गर्छु : सुनिता डंगोल

    काठमाडाैं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उपमेयरमा निर्वाचित भएर आफूले राम्रो काम

बजेट अघि नै सरकार ढाल्छ : प्रचण्ड

     नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आयु

प्रधानमन्त्रीले भोलि संसद् बैठकमा सम्बोधन गर्ने

    प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) को संसद् बैठकमा सम्बोधन गर्ने

वैशाख १७ गते जनमत र नाउपाबीच पार्टी एकता घोषणा गर्ने तयारी

    डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको