विद्यालयका बस चालकले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने



हाम्रो इकोनोमि

विद्यालय तथा कलेजका बस चालकले अब अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा आज ट्राफिक प्रहरी, प्याब्सन, एनप्याब्सन, हिसान र अभिभावक सङ्घका अध्यक्ष तथा पदाधिकारीको बैठकले उक्त निर्णय गरेको हो ।

दिनहुँ विद्यार्थीलाई घरबाट विद्यालय र विद्यालयबाट घरसम्म पु¥याउने चालकलाई पनि विद्यार्थीको जस्तै पोशाक लगाउनुपर्ने व्यवस्था गर्न लागिएको महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो । विद्यालयका बस चालकले विद्यार्थीसँगै अरू यात्रु पनि बोक्ने गरेको जनगुनासो आएपछि प्याब्सन, एनप्याब्सन, हिसान र ट्राफिक प्रहरीले चालकलाई अनिवार्य पोशाक लगाउनुपर्ने व्यवस्था गर्न लागेका हुन् ।

महाशाखाका प्रमुख खनालले पोशाकको प्रयोगसँगै विद्यालय र सार्वजनिक सवारी साधनका चालक छुट्याउन सहज हुने बताउनुभयो । महाशाखाले विद्यालयका बसमा क्षमताभन्दा धेरै विद्यार्थी ओसार्ने वा धेरै धुवाँ फाल्ने पुराना बसलाई कडा कारबाही गर्ने भएको छ ।

यस्तै बैठकमा सबै विद्यालयका बस एउटै रङ्गको बनाउनुपर्ने, विद्यार्थीलाई बिहान ९ बजेभन्दा पहिले नै विद्यालय पु¥याइसक्नुपर्ने लगायतको विषयमा समेत छलफल भएको थियो । हाल काठमाडौँ उपत्यकामा विद्यालय तथा कलेजका एक हजारभन्दा बढी बस सञ्चालनमा छन् ।

 

प्रतिक्रिया दिनुहोस
नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...

अमेरिकी भिसाका लागि ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी विदेश मन्त्रालयले पर्यटक तथा व्यवसायिक भिसाका लागि लागू गरिएको भिसा...

व्याक नहुने अडानमा कन्सल्टेन्सी व्यवसायीका स्वतन्त्र समुह

    सरकारले ल्याएको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा...

शिक्षा र स्वास्थ्यको कर हटाउने सरकारको निर्णय

    सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट...