नयाँ विज्ञापन गर्नका लागि मन्त्रालयले रिक्त दरबन्दी आयोग पठायो



हाम्रो इकोनोमि

सामान्य प्रशासन मन्त्रालयले सहसचिव र उपसचिवको रिक्त दरबन्दी लोकसेवा आयोगमा पठाएको छ ।

आउँदो बुधबार आयोगले ती दुई तहको विज्ञापन गर्नका लागि रिक्त दरबन्दी पठाएको मन्त्रालयका जनशक्ति विकास शाखाका प्रमुख शालिकराम दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्राविधिक र अप्राविधिकतर्फका सहसचिव ९३ र उपसचिव २९५ जनाको रिक्त दरबन्दीका लागि आयोग पठाइएको छ । तीमध्ये प्रशासनमा सबभन्दा बढी रिक्त रहेका छन् । प्रशासनमा सहसचिवमा ५० र उपसचिवमा ८३ रिक्त पद रहेका छन् ।

यसैगरी मन्त्रालयले रिक्त रहेका अधिकृत तहको दरबन्दी संकलन गरिरहेको छ । कात्तिक र मंसिरको अन्तिम साता आयोगद्वारा खुलाइने विज्ञापनका लागि रिक्त दरबन्दी संकलन गरिरहेको दाहालले बताउनुभयो ।

अधिकृत तहको कात्तिकमा प्राविधिकतर्फ र मंसिरमा प्रशासनतर्फको आयोगले विज्ञापन गर्ने कार्यतालिका रहेको छ । “सबै मन्त्रालय निकायलाई रिक्त दरबन्दी पठाउन चिठी पठाएका छौँ”– उहाँले भन्नुभयो, “सबैतिरबाट रिक्त दरबन्दी आएपछि आयोगमा पठाउँछौँ ।”

सरकारले यसपटक कर्मचारी समायोजन ऐन ल्याएपछि नयाँ दरबन्दी नभई पुरानै रिक्त दरबन्दीमा मात्र विज्ञापन गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...