डेंगु नियन्त्रणका लागि सामूहिक प्रयत्न



हाम्रो इकोनोमि

महोत्तरीको बर्दिबास क्षेत्रमा डेंगु रोग नियन्त्रणका लागि सामूहिक प्रयत्न थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बर्दिबास अस्पताल, बर्दिबास नगरपालिकाका जनप्रतिनिधि, सामाजिक संघसंस्था र नागरिक समाजका अगुवाले स्वास्थ्य संस्थासँगै डेंगु नियन्त्रणका लागि संयुक्त पहलकदमी बढाएका हुन् ।

डेंगुको संक्रमण गराउने लामखुट्टे नियन्त्रणका लागि अहिले दक्ष टोली नगर क्षेत्रका बस्ती–बस्तीमा परिचालन गरिएको छ । डेंगु फैलाउने लामखुट्टे पानी जमेको ठाउँ र टायरका कापमा रहने गरेको पत्ता लागेपछि अहिले त्यस्ता ठाउँमा डेंगु फैलाउने लामखुट्टे नियन्त्रण अभियान थालिएको हो ।

डेंगु नियन्त्रणका लागि बस्ती–बस्तीमा सरसफाइ र सचेतना कार्यक्रम भइरहेका छन् । पछिल्लो पटक मोटर ग्यारेजमा थुपारिएका पुराना टायर र सडक किनार एवं यत्रतत्र मिल्काइएका टायरका कापमा डेंगु फैलाउने लामखुट्टेका लार्भा भेटिएपछि जिल्ला स्वास्थ्य कार्यालयका दक्ष स्वास्थ्यकर्मीको नेतृत्वको संयुक्त टोलीले लार्भा नष्ट अभियान शुरु गरेको बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बताउनुभयो ।

दशैँ पर्वकै बीच महोत्तरीको बर्दिबास, धनुषाको मिथिला नगरपालिका क्षेत्र र सर्लाहीको ईश्वरपुर नगरपालिका क्षेत्रमा गएसाता ६० भन्दा बढीमा डेंगुको संक्रमण भेटिएको थियो ।

बर्दिबासमा गतसाता २८ जना डेंगुका बिरामी भेटिएकामा १० जनाको अझै अस्पतालमा उपचार भइरहेको सो कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
नबिल बैंक र धुलिखेल अस्पतालबीच रणनीतिक साझेदारीमा हस्ताक्षर

    नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवं...

अण्डाको भाउ बढेको बढ्यै, उपभोक्ता मर्कामा

    अण्डाको मूल्य लगातार बढिरहेको छ । पछिल्लो एक महिनामै अण्डाको मूल्यमा...

बजारमा पर्याप्त मात्रामा आउन थाल्यो नेपाली आँप

    काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा...

किष्ट शिक्षण अस्पतालद्वारा अंगदाता सम्मान कार्यक्रम सम्पन्न

    किष्ट शिक्षण अस्पताल अन्तर्गत रहेको किष्ट प्रत्यारोपण केन्द्रद्वारा बुधबार “अंगदाता सम्मान...