अर्थमन्त्री कार्कीको क्षेत्रमा यस्ता छन् कांग्रेसबाट सिफारिस भएका उम्मेदवार,चर्चित युवा नेता आचार्य पनि समेटीए



हाम्रो इकोनोमि

नेपाली काँग्रेस महेन्द्रनगर सुनसरीले आउदै गरेको प्रतिनिधिसभा र प्रदेशसभा निर्बाचनका लागि नाम सिफारिस गरेको छ । गांउइकाई सभापति रत्नबहादुर राउतको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फकालागि केन्द्रीय सदस्य तथा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्ब सभापति रामबहादुर बस्नेत, जमिल अख्तर अन्सारी, बाबुराम आचार्य, डिल्ली कार्की, बुनुलाल यादब नाम सिफारिस गरेको छ ।
प्रदेशसभाका लागि प्रत्यक्ष तर्फ रेवतीरमण दुलाल, तेजप्रसाद सुबेदी, अनु गुरुगं, शुसिला खनाल, सुरेन्द्र गुप्ता, मो.नईम अन्सारीको नाम सिफारिस गरिएको छ ।

समानुपातिक प्रतिनिधिसभाका तर्फबाट बाबुराम बिष्ट, मो. नईउद्दिन खां, ओम कुमार पाठक, दुर्गादेवी खरेलको नाम सिफारिस भएको छ ।

प्रदेशसभाको समानुपातिकतर्फ मा.शुर्यदेब उरावको नाम एकल रुपमा सिफारिस भएको छ । सचिब खेम थापा र कोषाध्यक्ष तीर्थ भट्टराईसहित कार्यसमितका अत्याधिक बहुमत सदस्यको उपस्थिति भएको सभापति राउतले बताए ।

प्रतिक्रिया दिनुहोस
धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...

खोलाले बगाएर जाजरकोटमा दुई जना बेपत्ता

    जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परी दुई जना बेपत्ता भएका छन्...

ललितपुरको हात्तिवनमा चल्यो डोजर

    काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका संरचनामा...

महाधिवेशन रोक्न माग गर्दै देउवा समूह अदालत जाने

    नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन प्रक्रिया रोक्न माग...