बाम तालमेललाई धारे हात लगाउने बिरुध्द ओलीको दिए यस्तो कडा दनक,ओलीको झटारोले को-को भए ठहरै



नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वाम शक्तिहरुबीच तालमेल र एकताको निर्णय केवल निर्वाचनमा बहुमत जुटाउनका लागि मात्र नभई मुलुक बनाउने अभियानसँग जोडिएको बताएका छन् ।

सो पार्टीको काठमाडौँ जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले वाम एकताबाट कोही आत्तिनु नपर्ने बताए । मुलुकलाई भ्रष्टाचारमुक्त र समृद्धिको बाटो डो¥याउन सबैका बल र बुद्धि आवश्यक भएकाले तालमेल गरिएको उनको भनाइ थियो । यही असोज १७ गते नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति नेपालबीच आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका तालमेल र निर्वाचनपछि पार्टी एकता गर्ने घोषणा गरिएको थियो ।

उनले भने, “साधारण बहुमत त यसै (एक्लै) पनि आउने थियो तर समृद्धिको महाअभियानमा सबैलाई समेट्ने हाम्रो लक्ष्य हो ।” कार्यक्रममा नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल, गायक सञ्जय श्रेष्ठ, नायक प्रकाश अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अकबर मोहम्मत गढी, नेपाली काँग्रेसका शत्रुधन राजभण्डारीलगायत एमालेमा प्रवेश गरे । नवप्रवेशीलाई अध्यक्ष ओली, स्थायी कमिटी सदस्य शंकर पोखरेल, उपत्यका इचार्ज सानुकुमार श्रेष्ठ, काठमाडौँ जिल्ला अध्यक्ष कृष्ण राईलगायतले स्वागत गरेका थिए ।

पूर्व प्रहरी नायब महानिरीक्षक सिलवालले आफू प्रहरी महानिरीक्षक हुन नसकी अन्याय भोग्नुपरेकाले अब राजनीतिको माध्यमबाट समाज सुधारमा लाग्ने प्रण गरे ।

प्रतिक्रिया दिनुहोस
इरान आक्रमण : रुस र चीनद्वारा अमेरिकाको कडा निन्दा

    आणविक स्थलहरूमा अमेरिकी आक्रमणपछि इरानले माग गरेको संयुक्त राष्ट्र सुरक्षा परिषद्

लुम्बिनीकी सांसद सुमन शर्माविरुद्ध पक्राउ पुर्जी

    लुम्बिनी प्रदेशकी सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ

वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंकबीच विशेष छुट सम्झौता

    पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित वेगनास लेक फ्रन्ट

नेपालका ७२ जिल्ला लिजमा दिउँ भनेपछि सदनमा लफडा, अमरेशलाई कारबाही गर्न माग

    स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपालका ४/५ जिल्लामा मात्र बजेट परेको