बाम तालमेललाई धारे हात लगाउने बिरुध्द ओलीको दिए यस्तो कडा दनक,ओलीको झटारोले को-को भए ठहरै



हाम्रो इकोनोमि

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वाम शक्तिहरुबीच तालमेल र एकताको निर्णय केवल निर्वाचनमा बहुमत जुटाउनका लागि मात्र नभई मुलुक बनाउने अभियानसँग जोडिएको बताएका छन् ।

सो पार्टीको काठमाडौँ जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले वाम एकताबाट कोही आत्तिनु नपर्ने बताए । मुलुकलाई भ्रष्टाचारमुक्त र समृद्धिको बाटो डो¥याउन सबैका बल र बुद्धि आवश्यक भएकाले तालमेल गरिएको उनको भनाइ थियो । यही असोज १७ गते नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति नेपालबीच आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका तालमेल र निर्वाचनपछि पार्टी एकता गर्ने घोषणा गरिएको थियो ।

उनले भने, “साधारण बहुमत त यसै (एक्लै) पनि आउने थियो तर समृद्धिको महाअभियानमा सबैलाई समेट्ने हाम्रो लक्ष्य हो ।” कार्यक्रममा नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल, गायक सञ्जय श्रेष्ठ, नायक प्रकाश अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अकबर मोहम्मत गढी, नेपाली काँग्रेसका शत्रुधन राजभण्डारीलगायत एमालेमा प्रवेश गरे । नवप्रवेशीलाई अध्यक्ष ओली, स्थायी कमिटी सदस्य शंकर पोखरेल, उपत्यका इचार्ज सानुकुमार श्रेष्ठ, काठमाडौँ जिल्ला अध्यक्ष कृष्ण राईलगायतले स्वागत गरेका थिए ।

पूर्व प्रहरी नायब महानिरीक्षक सिलवालले आफू प्रहरी महानिरीक्षक हुन नसकी अन्याय भोग्नुपरेकाले अब राजनीतिको माध्यमबाट समाज सुधारमा लाग्ने प्रण गरे ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...