ओली र प्रचण्डले दिए यस्तो आदेश, एमाले माओवादी गठबन्धनले दुई तिहाइ सिट जित्ने पक्का



नेकपा एमालेसंग माओवदी अन्य दलहरु एकिकरण हुने भएपछि देश नयाँ राजनिति मोडतिर प्रवेश गरेको छ ।नेकपा एमाले, माओबादी केन्द्र र नयाँ शक्ति पार्टीका शीर्ष नेतासहित बसेको संयुक्त कार्यदल बैठकले चुनाव जित्ने गरी उम्मेदवार चयनका साथै आवश्यक सवै काम अघिm बढाउने निर्णय गरेको छ । नेपाली कांग्रेस देशको प्रगतिको बाधक रहेकोले आफ्ना सवै उम्मेदवार जिताउने अठोट गर्दै शीर्ष नेतासहितको कार्यदल बैठकले सो निर्णय गरेको हो ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन जित्नेगरी उम्मेदवारको क्षेत्र तोक्न र चुनावपछि आर्थिक संमृद्धिको योजनालाई ध्यान दिएर घोषणापत्र मस्यौदा गर्न निर्देशन दिनुभएको छ ।प्रतिनिधि सभा र प्रदेश सभाको आगामी चुनावमा तालमेल गर्दै पार्टी एकीकरण गर्ने निर्णयपछि उम्मेदवार चयन र साझा घोषणा पत्र मस्यौदा गर्न बनेका छुट्टा छुट्टै कार्यदलको बैठक बसेको हो । यी दुई कार्यदलले निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरु तोक्ने र साझा घोषणा पत्र तयार पार्ने काम गर्नेछ ।

कार्यदलको बैठकमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले कांग्रेसले खेल्न खाजे कडा जावफ दिने गरी अघि बढनु पर्ने बिभिन्न तथ्यहरु राख्नुभएको थियो । निर्वाचन क्षेत्रमा उम्मेदवार तोक्न एमाले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा ७ सदस्यीय कार्यदल बनिसकेको छ ।

कार्यदलमा एमालेका तर्फबाट उपमहासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, माओवादीका तर्फबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव तथा नयाँ शक्तिका गंगा श्रेष्ठ हुनुहुन्छ । यस्तै एमाले उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा बनेको साझा घोषणापत्र मस्यौदा कार्यदलमा अर्का उपाध्यक्ष भीम रावल र सचिव प्रदीप ज्ञवाली, माओवादीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ र विश्वभक्त दुलाल तथा नयाँ शक्ति पार्टीका तर्फबाट डम्बर खतिवडा हुनुहुन्छ ।

दुवै कार्यदललाई एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले चुनावपछि हुने पार्टी एकीकरण, निर्वाचनपछि सरकारले गर्नुपर्ने आर्थिक समृद्धिको योजनालाई ध्यानमा राखेर काम गर्न निर्देशन दिनुभएको छ । ‘प्रदेश र केन्द्रमा हाम्रा कोही पनि उम्मेदवार हारेर फर्कन नपरोस भन्ने तथ्यलाई ध्यानमा राखेर घोषणा पत्र र उम्मेदवार चयनको काम होस, निर्वाचन क्षेत्र निर्धारण गर्दा यो तथ्यलाई ध्यानमा राखेर सहमति कायम गर्नोस,’ बैठकमा ओली र दाहालको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस
अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो

६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ : अर्थमन्त्री

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आफूले ल्याएको बजेट यथार्थपरक रहेको बताएका

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई

रास्वपा र राप्रपाले आजपनि गरे संसद बहिष्कार

    सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न गठन गरेको समितिलाई