उम्मेद्वारको नाम एकैपटक सिफारिस गर्ने तयारी



काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा को आगामी निर्वाचनका लागि उम्मेदवार सिफरिस प्रक्रिया अघि बढाएको छ ।
एमालेले आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि यही असोज १६ र १७ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठक गरी जिल्ला कमिटीमा नाम सिफारिस गर्ने कार्यतालिका तय गरेको थियो । एमालेको कार्यतालिका अनुसार असोज १९ र २० मा जिल्ला कमिटीको बैठक बसी प्रदेश कमिटीमा क्षेत्रीय समन्वय कमिटीले सिफारिस गरेका नाम पठाउनेछ । यस्तै प्रदेश कमिटीले असोज २२ र २३ गते बैठक गरी २३ गतेभित्र पार्टी कार्यालयमा नाम दिनेछ । र ती नामबारे अन्तिम टुंगो आगामी असोज २६ र २७ गते स्थायी समितिको बैठकले अन्तिमरुप दिने बुझिएको छ । त्यसो त एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकालाई अन्य निर्वाचनमा उम्मेदवार नबनाउने नीति दिएको छ । तर विशेष स्थितिमा महिलाको हकमा केही उम्मेदवार दोहोरिन सक्ने जनाएको छ । उम्मेदवार चयन गर्दा पार्टीप्रति प्रतिबद्ध, निष्ठावान, भ्रष्टाचार र नैतिक पतनमा संलग्न नभएको, जनताको मन जित्न सक्ने, लोकप्रिय, संसदीय दृष्टिकोणमा रुचि र ज्ञान भएको, समावेशीता तथा भौगोलिक सन्तुलनलाई ध्यान दिनेलगायतका मापदण्ड तय गरेको छ ।
गगनको क्षेत्रमा डा. राजन
काठमाडौं । एमालेको प्रतिनिधि सभा काठमाडौं ४ नम्बर क्षेत्रीय समन्वय कमिटीले केन्द्रीय सदस्य राजन भट्टराईलाई उक्त क्षेत्रको सांसद उम्मेदवार सिफारिस गरेको छ । कांग्रेस युवा नेता गगन थापाले चुनाव लड्ने क्षेत्र पनि त्यही हो । उनी हाल नेपाल(भारत प्रबुद्ध समूहका सदस्य तथा एमालेका समानुपातिक सांसद छन् ।
लन्डन विश्वबिद्यालयको स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडीबाट अन्तर्राष्ट्रिय राजनीति तथा कूटनीतिक अभ्यासमा स्नातकोत्तर उत्तीर्ण भट्टराईले नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरेका छन् ।
बिद्यार्थी राजनीति हुँदै एमाले राजनीतिमा प्रवेश गरेका राजन एमाले विदेश विभाग सचिव, तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको विदेश मामिला सल्लाहकार भट्टराई अन्तर्रा्ष्ट्रिय राजनीति र कूटनीतिका विज्ञ पनि हुन् ।

प्रकाशित मिति : १८ आश्विन २०७४, बुधबार  ०६ : ३०  बजे

प्रतिक्रिया दिनुहोस
नबिल बैंक ४२औँ वर्षमा प्रवेश

     नेपालको अग्रणी नबिल बैंकले स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२ औँ

३३ अंकले घट्यो नेप्से, ८ अर्बको कारोबार

    मौद्रिक नीति सेयर बजारअनुकूल आएपछि आइतबार बजारमा उत्साह देखियो । सो

एमाले कै सांसदले मागे मन्त्री गुप्ताको बर्खास्ती

    नेकपा एमाले सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार

गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या

    सुनसरीको हरिनगर गाउँपालिका- ६ मा गोली प्रहार गरी एक किशोरीको हत्या