जब डीएपीले पाए कार उपहार, जग्गा व्यापारीलाई भएन डर



हाम्रो इकोनोमि

सरकारले जग्गा प्लटिङ गर्नेहरूलाई स्काभेटर चलाउन बन्देज लगाएको २ बर्ष भइसकेको छ । तर जग्गा प्लटिङ गर्नेहरूले स्काभेटर प्रयोग गर्न छाडेका छैनन् । काठमाडौं उपत्यकाका जग्गा प्लटिङ कारोबारीहरूले प्रहरी प्रशासनलाई प्रभावमा पारी स्काभेटर प्रयोग जारी नै राख्ने गरेका छन् । जग्गामा स्काभेटर प्रयोग नगर्ने सरकारी निर्णय प्रहरीका लागि घुस असुलीको माध्यम बनेको छ । जग्गा कारोबार गर्नेहरूले प्रहरीलाई कार नै घुस दिएको खुलासा भएको छ । महानगरीय प्रहरी बृत्त बालाजुको क्षेत्रमा जग्गा कारोबार गर्ने पिटर भन्ने सुनिल लामाले भर्खरै समाचार कक्षमा सरुवा भएका डीएसपी सन्तोष तामाङलाई मारुती स्वीफ्ट कार नै उपहार दिएको प्रहरी स्रोतले बताएको छ, कार उपहार लिएर डीएसपी तामाङले जग्गा कारोबारी सुनिल लामालाई निर्वाधरुपमा स्काभेटर प्रयोग गर्न दिएको आरोप छ । जुन कारमा अहिले तामाङ सयर गर्दैआएका छन् । तामाङको कार्यकालभर त्यस क्षेत्रका धर्मस्थली, काभ्रेस्थली, गोलढुंगा, बानियाँटार, बोहराटार क्षेत्रमा निर्वाध जग्गा प्लटिङ गर्नेहरूले स्काभेटर प्रयोग गरेका थिए ।

त्यसैगरी, डीएसपी तामाङले नागार्जुनको जंगलबाट जीतपुरफेदी हुँदै तीनपिप्लेसम्मका करीब ३८ वटा रेष्टुरेन्ट, गेष्टहाउस र रिसोर्टहरूबाट समेत दररेट तोकेर मासिक असुली गरेको आरोप छ । होलिभिजन, अनमोल, भ्याली भ्यू, नेचुरल, मधुवन, रानीवन, आश्रम, निगालो, गोल्डेन गेट, भञ्ज्याङ, न्यू देउकी, नमूना, छवेली हिलभिलेज, दिब्य आश्रम, नागार्जुन, सुकुल, ग्रिनबेल्ट, नागार्जुन साइट, पवित्र आत्मा गेष्टहाउस लगायतका रेष्टुरेन्ट र रिसोर्टहरूबाट हवल्दार अनिरुद्र ठाकुरलाई परिचालन गरी मासिक रुपमा रकम संकलन गर्दैआएका थिए ।

चःमती प्रभागमा ७ बर्षदेखि कार्यरत ठाकुरलाई उनले हरसमय तीनपिप्लेतिरै केन्द्रित गराउँदैआएका थिए । १० बर्षदेखि बालाजु बृत्तमा कार्यरत ठाकुरलाई डीएसपी तामाङले बालाजु क्षेत्रका जुवा अखाडाबाट पनि असुली गर्न लगाउने गरेका थिए । त्यसैगरी तामाङले बालाजु सरुवा भएपछि सँगै लगेका प्रहरी हेडक्वाटरका हवल्दार धनराज कँडेललाई जग्गा कारोबारको बारेमा सूचना लिन प्रयोग गरेका थिए । जुनमार्फत् उनले स्काभेटर प्रयोग गर्ने लामालाई ट्रयापमा पारी कार लिन सफल भएका थिए । बालाजु क्षेत्रमा रहेका ५ वटा दोहोरी र डान्स रेष्टृुरेन्ट, नयाँबसपार्क पारीपट्टिका माछापोखरी, गंगाहल वरिपरिका गेष्टहाउसबाट असुलीको जिम्मा पनि उनले देवेन्द्र बुढा नामका घुमुवालाई लगाएका थिए । जसले उठाएको पूरा रकम नदिएपछि ६ महिनाअघि सरुवा गरिदिएका थिए । अर्जुन रानाभाटदेखि संजीव शर्मा हुँदै सन्तोष तामाङसम्म तीनवटा डीएसपीका बडिगार्ड रहेका बलराम थापाको काम भारतले नाकाबन्दी गरेको समयमा ग्याँसको कालोबजारी गर्ने रहेको थियो । ग्यासँको कालोबजारी गर्दै हाकिमहरूलाई बुझाउने काम उनले गरेका थिए । साँघु साप्ताहिकमा समाचार छ । भारतीय नाकाबन्दीताका थुपारेका आधा सिलिन्डर ग्याँस अझै पनि उनको कोठामा रहेको प्रहरी स्रोतले बताउँछ ।

प्रतिक्रिया दिनुहोस
सरकारले गाडी भाडा बढायो

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको...