उत्तर कोरियामाथी अमेरीकी बमवर्षक र युद्व विमान विश्वयुद्ध हुने खतरा



उत्तर कोरियाको आकासमा अमेरिकी बमवर्षक विमान पुगेपछि त्यसको चर्चा विश्वभरि चुलिएको छ । उत्तर कोरियाको पूर्वी तटको अन्तर्राष्ट्रिय हवाई आकासमाथि अमेरिकी जहाजहरु पुगेको पहिलो पटक हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंम्पले उत्तर कोरियालाई ध्वस्त पार्ने चेतावनी दिएको एक साता नबित्दै युद्व बिमान शनिबार उत्तरको आकाश नजिक उडेका छन् ।

यता अमेरिकी सैनिक अधिकारीहरुले भने बमबर्षक तथा युद्व बिमानले हाललाई उत्तर कोरियाको पूर्वी सीमा नजिक शक्ति प्रदर्शन मात्र गरिरहेको प्रतिक्रिया दिएका छन् ।

 

प्योङयाङको आणविक कार्यक्रमका कारण हालैका दिनमा तनाव थप चुलिएको छ । संयुक्त राष्ट्रसंघमा उत्तर कोरियाका विदेश मन्त्रीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आत्मघाति लक्ष्य लिएको बताएका थिए ।

राष्ट्रपति ट्रम्पले गत मंगलबार राष्ट्र संघलाई सम्बोधन गर्दै उत्तर कोरियाली नेता किम जोन उनलाई रकेट आत्मघाती लक्ष्य तिर उन्मुख भएको रकेट म्यानको संज्ञा दिएका थिए ।

उत्तर कोरियाली विदेश मन्त्रीको भाषण आउनु केहीअघि पेन्टागनले शक्ति प्रदर्शन गर्ने घोषणा गरेको थियो । पेन्टागनले जारी गरेको विज्ञप्तिमा भनिएको छ( यो शक्ति प्रदर्शन कुनै पनि खतरा परास्त गर्न राष्ट्रपति ट्रम्पसँग कैयौं सैन्य उपाय छन् भन्ने देखाउने लक्ष्य हो । सैन्य शक्ति पूर्ण क्षमतामा प्रयोग गरेर हाम्रो र हाम्रा सहयोगीहरुको भूमि सुरक्षा गर्न हामी तम्तयार छौं।’

बमवर्षक र युद्व विमान अमेरिकी क्षेत्र गुआम र ओकिनावा जापानबाट उडेका थिए । कोरियाली प्रायद्विपमा तनाब चुलिदै गइरहेको अवस्थामा अमेरिकाको यो कदमले थप भिडन्त हुनसक्ने अनुमान गरिएको छ ।साझा सबालमा समाचार छ । साथै कोरियामा खतराका संकेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
बहुप्रतिक्षित टाटाको इभि पन्च एकैपटक चार शहरमा लन्च

    नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा – चितवन, पोखरा,

पहिलो पटक मनायो मधेश सरकारले संविधान दिवस

    मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम

   संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष

ज्यानको खतरा रहेको भन्दै प्रहरीमा पुगिन् सीके राउतकी पत्नी

    जनमत पार्टीका अध्यक्ष डा. सीके राउतकी पत्नी सोनी सिन्धु सुरक्षाको माग