उत्तर कोरियामाथी अमेरीकी बमवर्षक र युद्व विमान विश्वयुद्ध हुने खतरा



हाम्रो इकोनोमि

उत्तर कोरियाको आकासमा अमेरिकी बमवर्षक विमान पुगेपछि त्यसको चर्चा विश्वभरि चुलिएको छ । उत्तर कोरियाको पूर्वी तटको अन्तर्राष्ट्रिय हवाई आकासमाथि अमेरिकी जहाजहरु पुगेको पहिलो पटक हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंम्पले उत्तर कोरियालाई ध्वस्त पार्ने चेतावनी दिएको एक साता नबित्दै युद्व बिमान शनिबार उत्तरको आकाश नजिक उडेका छन् ।

यता अमेरिकी सैनिक अधिकारीहरुले भने बमबर्षक तथा युद्व बिमानले हाललाई उत्तर कोरियाको पूर्वी सीमा नजिक शक्ति प्रदर्शन मात्र गरिरहेको प्रतिक्रिया दिएका छन् ।

 

प्योङयाङको आणविक कार्यक्रमका कारण हालैका दिनमा तनाव थप चुलिएको छ । संयुक्त राष्ट्रसंघमा उत्तर कोरियाका विदेश मन्त्रीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आत्मघाति लक्ष्य लिएको बताएका थिए ।

राष्ट्रपति ट्रम्पले गत मंगलबार राष्ट्र संघलाई सम्बोधन गर्दै उत्तर कोरियाली नेता किम जोन उनलाई रकेट आत्मघाती लक्ष्य तिर उन्मुख भएको रकेट म्यानको संज्ञा दिएका थिए ।

उत्तर कोरियाली विदेश मन्त्रीको भाषण आउनु केहीअघि पेन्टागनले शक्ति प्रदर्शन गर्ने घोषणा गरेको थियो । पेन्टागनले जारी गरेको विज्ञप्तिमा भनिएको छ( यो शक्ति प्रदर्शन कुनै पनि खतरा परास्त गर्न राष्ट्रपति ट्रम्पसँग कैयौं सैन्य उपाय छन् भन्ने देखाउने लक्ष्य हो । सैन्य शक्ति पूर्ण क्षमतामा प्रयोग गरेर हाम्रो र हाम्रा सहयोगीहरुको भूमि सुरक्षा गर्न हामी तम्तयार छौं।’

बमवर्षक र युद्व विमान अमेरिकी क्षेत्र गुआम र ओकिनावा जापानबाट उडेका थिए । कोरियाली प्रायद्विपमा तनाब चुलिदै गइरहेको अवस्थामा अमेरिकाको यो कदमले थप भिडन्त हुनसक्ने अनुमान गरिएको छ ।साझा सबालमा समाचार छ । साथै कोरियामा खतराका संकेत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले गाडी भाडा बढायो

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको...