अध्यक्ष प्रचण्डले दिए यस्तो चेतावनी माओवादी नजिते मुलुक दुर्घटनामा फस्ने



हाम्रो इकोनोमि

काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीले नजिते मुलुक गम्भिर दुर्घटनामा फस्ने चेतावनी दिएका छन् ।

अध्यक्ष दाहालले परिवर्तनलाई संस्थापन गर्न र मुलुकलाई समृद्ध बनाउन पनि माओवादी केन्द्रले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा जित्नै पर्ने दावी गरे ।
केन्द्रिय कार्यालय आयोजित एक कार्यक्रममा बोल्दै उनले हिमाल, पहाड र तराईलाई एकतावद्ध गराउन पनि माओवादीले जित्नै पर्ने अवस्था रहेको पनि उल्लेख गरे ।
त्यस अवसरमा अध्यक्ष दाहालले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको तयारीमा जुटन पनि पार्टीका नेता कार्यकर्तालाई आह्वान गरे ।

अध्यक्ष दाहालले प्रदेश नम्बर २ को निर्वाचनको परिणामले जनता आफ्नो पार्टीको पक्षमा रहेको पुष्टि भएको दावी पनि गरे । उनले प्रगतिशील राष्ट्रवादी शक्ति माओवादी भएको भन्ने सन्देश प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनले दिएको पनि स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...