पहिरो खस्दा कार र ट्रक पुरियो २ जानाको मृत्यु



हाम्रो इकोनोमि

दशैँ मनामउन घर हिडेका बाटोमै पहिरोले पुरिएर मृत्यु भएको छ । रुपन्देहीको सिद्धबाबा सडकमा पहिरो खस्दा ट्रक र कार पुरिएका छन्। तिनाउ गाउँपालिका दोभानको हेडबक्स भन्ने स्थानमा खसेको पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ।

दशैंमा घर जान हिँडेका यात्रु चढेको ट्रक र कार च्यापिएका हुन्। ज्यान गुमाउनेको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। अहिले पहिरो हटाएर एकतर्फी सडक सञ्चालन गरिएको छ।

पहिरोमा लु १ च ७९९४ नम्बरको कार र ना ३ ख ६१९१ नम्बरको ट्रक पुरिएका हुन्। पहिरोले ट्रक र कार टुक्राटुक्रा भएका छन्। पहिरोमा अन्य व्यक्ति पनि पुरिएको प्रहरीको अनुमान छ। पहिरो ठूलो भएकाले उद्धार गर्न नसकिएको प्रहरीकोे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...