पहिरो खस्दा कार र ट्रक पुरियो २ जानाको मृत्यु



हाम्रो इकोनोमि

दशैँ मनामउन घर हिडेका बाटोमै पहिरोले पुरिएर मृत्यु भएको छ । रुपन्देहीको सिद्धबाबा सडकमा पहिरो खस्दा ट्रक र कार पुरिएका छन्। तिनाउ गाउँपालिका दोभानको हेडबक्स भन्ने स्थानमा खसेको पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ।

दशैंमा घर जान हिँडेका यात्रु चढेको ट्रक र कार च्यापिएका हुन्। ज्यान गुमाउनेको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। अहिले पहिरो हटाएर एकतर्फी सडक सञ्चालन गरिएको छ।

पहिरोमा लु १ च ७९९४ नम्बरको कार र ना ३ ख ६१९१ नम्बरको ट्रक पुरिएका हुन्। पहिरोले ट्रक र कार टुक्राटुक्रा भएका छन्। पहिरोमा अन्य व्यक्ति पनि पुरिएको प्रहरीको अनुमान छ। पहिरो ठूलो भएकाले उद्धार गर्न नसकिएको प्रहरीकोे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

    मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको...