आफन्त भर्तिकेन्द्र बनाउँदै गोबिन्द पोखरेल र रामप्रसाद धिताल 



सरकारले सोझै स्थायी भर्ना गर्न रोक लगाएको छ । लोकसेवा आयोगका प्रतिनिधि सहित खुल्ला प्रतिस्पर्धा गराएर भर्ति गर्नुपर्ने प्रावधान छ । तर बैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रमा ऐन नियम कानुन विपरीत मन्त्री, नेतादेखि पूर्व र वर्तमान कार्यकारी निर्देशकका नातागोतालाई सोझै नियुक्ति गरिएको छ ।

कार्यकारी प्रमुख हुनका लागि धितालले नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाकी बुहारी रोशनी रेग्मीलाई प्रशासन अधिृकतमा स्थायी नियुक्ति गरेको धेरै समय भएको छैन । भौतिक पूवार्“धार तथा यातायात मन्त्री वीरबहादुर बलायरकी श्रीमतीलाई समेत भर्ति गरिएको छ । र, मन्त्री भएपछि बलायरले श्रीमतीलाई बैकल्पिक ऊर्जाबाट भौतिक मन्त्रालयमा काजमा लगेर थप सुविधा दिएका छन् ।
केन्द्रमा पुननिर्माण प्राधिकरणका सीइओ गोविन्द पोखरेलका आफन्त लेखा सहायक पद्मा पौडेल र सब इन्जीनीयर राजन आचार्यलाई स्थायी नियुक्ति गरिएको छ । आफन्त भर्ति गरिएका करारका कर्मचारीलाई दाताबाट आएको पैसा बा“ड्न काजमा पठाउ“दै रकम दिने गरिएको छ । केन्द्रमा मन्त्रीदेखि नेतासम्मको दबाबमा भर्ना गरिउका करारमा काम गर्नेहरुको हैसियत गाडी चढ्नेसम्मको छ । अख्तियारका उपसचिवदेखि सहसचिवका श्रीमतीलाई जागिर लगाएर केन्द्रका कार्यकारी निर्देशक धितालले उजुरीको जानकारी लिने गरेका छन् । केन्द्रमा परेका उजुरीका बारेमा अख्तियारका पतिहरुले केन्द्रका पत्नीहरुलाई फोटोकपी नै गरेर उपलब्ध गराउने र धितालले पाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी

दल फुटाउने काममा लागेको छैन : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झूठो

नबिल बैंकलाई ISO 27001:2022 प्रमाणपत्र प्रदान

    नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ISO

वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

    वाणिज्य बैंकहरुले माघ महिनाका लागि  नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।