आफन्त भर्तिकेन्द्र बनाउँदै गोबिन्द पोखरेल र रामप्रसाद धिताल 



हाम्रो इकोनोमि

सरकारले सोझै स्थायी भर्ना गर्न रोक लगाएको छ । लोकसेवा आयोगका प्रतिनिधि सहित खुल्ला प्रतिस्पर्धा गराएर भर्ति गर्नुपर्ने प्रावधान छ । तर बैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रमा ऐन नियम कानुन विपरीत मन्त्री, नेतादेखि पूर्व र वर्तमान कार्यकारी निर्देशकका नातागोतालाई सोझै नियुक्ति गरिएको छ ।

कार्यकारी प्रमुख हुनका लागि धितालले नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाकी बुहारी रोशनी रेग्मीलाई प्रशासन अधिृकतमा स्थायी नियुक्ति गरेको धेरै समय भएको छैन । भौतिक पूवार्“धार तथा यातायात मन्त्री वीरबहादुर बलायरकी श्रीमतीलाई समेत भर्ति गरिएको छ । र, मन्त्री भएपछि बलायरले श्रीमतीलाई बैकल्पिक ऊर्जाबाट भौतिक मन्त्रालयमा काजमा लगेर थप सुविधा दिएका छन् ।
केन्द्रमा पुननिर्माण प्राधिकरणका सीइओ गोविन्द पोखरेलका आफन्त लेखा सहायक पद्मा पौडेल र सब इन्जीनीयर राजन आचार्यलाई स्थायी नियुक्ति गरिएको छ । आफन्त भर्ति गरिएका करारका कर्मचारीलाई दाताबाट आएको पैसा बा“ड्न काजमा पठाउ“दै रकम दिने गरिएको छ । केन्द्रमा मन्त्रीदेखि नेतासम्मको दबाबमा भर्ना गरिउका करारमा काम गर्नेहरुको हैसियत गाडी चढ्नेसम्मको छ । अख्तियारका उपसचिवदेखि सहसचिवका श्रीमतीलाई जागिर लगाएर केन्द्रका कार्यकारी निर्देशक धितालले उजुरीको जानकारी लिने गरेका छन् । केन्द्रमा परेका उजुरीका बारेमा अख्तियारका पतिहरुले केन्द्रका पत्नीहरुलाई फोटोकपी नै गरेर उपलब्ध गराउने र धितालले पाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...

खोलाले बगाएर जाजरकोटमा दुई जना बेपत्ता

    जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परी दुई जना बेपत्ता भएका छन्...

ललितपुरको हात्तिवनमा चल्यो डोजर

    काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका संरचनामा...

महाधिवेशन रोक्न माग गर्दै देउवा समूह अदालत जाने

    नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन प्रक्रिया रोक्न माग...