जुवा खेल्ने कांग्रेसका कार्यकर्ता पक्राउ



हाम्रो इकोनोमि

 

दशैँ नजिकदै गर्दा प्रहरीले जुवातास खेल्ने जुवाडेमाथी निगरानी बढाउन थालेको छ ।मोरङ प्रहरीले विराटनगर ९ स्थित कांग्रेसको वडा कार्यालय रहेको घरबाट ६ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।

कांग्रेसको वडा कार्यालय भित्र तास खेलिरहेको अवस्थामा उनीहरुलाई शुक्रबार अपरान्ह तीन बजे प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा छापा मार्दा प्रहरीले रंगेहात जुवाडे पक्राउ गरेको भएपनि उनीहरुको नाम र बरामद नगद गोप्य राखेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता विष्णुहरी कोइरालाले जुवाडे पक्राउ गरेपनि आफू कार्यालय बाहिर रहेको भन्दै यसबारे पूर्ण जानकारी नभएको बताए । ‘के रहेछ म बुझेर जानकारी गराउँला,’ भन्दै उनले थप सूचना दिन मानेनन् ।

स्रोतका अनुसार प्रक्राउ परेका जुवाडेहरु कांग्रेस कार्यकर्ता समेत रहेको प्रहरीले गोप्य राख्न खोजेको छ ।

प्रतिक्रिया दिनुहोस
सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...

विश्वप्रकाश र कृष्ण सिटौलाबीच वार्ता

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र इतर पक्षका नेता कृष्णप्रसाद सिटौलाबीच...

रास्वपाकी सांसद भट्टराईलाई कारबाही हुनसक्ने

    रास्वपाकी समानुपातिक सांसद सृष्टी भट्टराई आफैँले अपलोड गरेको एउटो भिडिओका कारण...

एमालेलाई डिजिटल शक्तिमा लान नसक्दा गम्भीर धक्का : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव स्रोतलाई डिजिटल शक्तिमा लान...