जुवा खेल्ने कांग्रेसका कार्यकर्ता पक्राउ



हाम्रो इकोनोमि

 

दशैँ नजिकदै गर्दा प्रहरीले जुवातास खेल्ने जुवाडेमाथी निगरानी बढाउन थालेको छ ।मोरङ प्रहरीले विराटनगर ९ स्थित कांग्रेसको वडा कार्यालय रहेको घरबाट ६ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।

कांग्रेसको वडा कार्यालय भित्र तास खेलिरहेको अवस्थामा उनीहरुलाई शुक्रबार अपरान्ह तीन बजे प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा छापा मार्दा प्रहरीले रंगेहात जुवाडे पक्राउ गरेको भएपनि उनीहरुको नाम र बरामद नगद गोप्य राखेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता विष्णुहरी कोइरालाले जुवाडे पक्राउ गरेपनि आफू कार्यालय बाहिर रहेको भन्दै यसबारे पूर्ण जानकारी नभएको बताए । ‘के रहेछ म बुझेर जानकारी गराउँला,’ भन्दै उनले थप सूचना दिन मानेनन् ।

स्रोतका अनुसार प्रक्राउ परेका जुवाडेहरु कांग्रेस कार्यकर्ता समेत रहेको प्रहरीले गोप्य राख्न खोजेको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...