वैकल्पिक उर्जामा ६ अर्ब बेरुजु, अरबौ भ्रष्टाचार



बैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रमा १ अर्ब भन्दा बढी भ्रष्टाचार र ६ अर्ब रुपैया“ भन्दा बढी बेरुजुका दोषीहरुलाई वातावरण मन्त्रालय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गरी कारबाही गरेको छैन । संसदको लेखासमितिमा उजुरी परेको १० दिन बितिसकेको छ । तर समितिले पनि छानबिनमा चासो देखाएको छैन । अख्तियारले निलम्बन नगरेकै कारण कार्यकारी निर्देशक रामप्रसाद धिताल, प्रशासन प्रमुख रुद्रप्रसाद खनाल र लेखाप्रमुख चन्द्रकिशोरप्रसाद चौधरीले भ्रष्टाचार ढाकछोप गर्नका लागि दैनिक होटलमा फर्जी बिल भर्पाइ बनाइरहेका छन् । पुष्टी नै नहुने ९० करोड रुपैया“को बेरुजु रहेको छ । जुन बेरुजुको बिल भर्पाइ मिलाउन केन्द्रबाट सबै खातापाता लिएर खनाल र चौधरीले होटलमा बसेर फर्जी बिल भर्पाइ बनाइरहेका छन् । विगत १५ दिनदेखि प्रशासन प्रमुख खनाल र लेखाका चौधरीको काम नै होटलमा फर्जी बिल भर्पाइ बनाउने हु“दैआएको छ । अख्तियारले कार्यकारी निर्देशक धितालका बारेमा छानबिन सुरु गरेको छ । उनको बैंकखाता रोक्का गरिसकेको छ । तर निलम्बन गरेको छैन । निलम्बन नगरेका कारण धिताल समूहले कागजात मिलाउने समय पाएका छन् ।
बैकल्पिक ऊर्जा केन्द्रको फस्र्योट गर्नुपर्ने बेरुजु ६ अर्ब ९८ करोड ९२ लाख २० हजार २ सय ०४ रुपैया“ छ । त्यसमध्ये ९० करोड रुपैया“ बेरुजुको बिल भर्पाई हुने आधार छैन, तर पुरानो मितिमा फर्जी बिल भर्पाई बनाउन धितालको निर्देशनमा खनाल र चौधरी रातदिन होटलमा सक्रिय रुपमा लागिरहेका छन् । ६ अर्बभन्दा बढी बेरुजुमा ९० करोड रुपैया“ बेरुजुको पुष्ट्याई हुने कागजात नभए पनि कार्यकारी निर्देशक धिताल ३८ करोड रुपैया“मात्र बेरुजु भएको मिथ्यांक सार्वजनिक लेखासमितिमा पेश गरिरहेका छन् ।
लेखाप्रमुखले प्रमाण कागजात तयार गरी नियमित गराई फस्र्योट गर्नुपर्ने बेरुजु रु ६ अर्ब ९८ करोड ९२ लाख २० हजार २९४ रुपैया“ ९८ पैसा देखिएको छ । ह्यान्डलिङ बैंक(केन्द्रको खाता रहेको ग्लोबल आईएमई बैंक) गर्ने कारोबार तर्फको पेश्की र असुल गर्नुपर्ने बेरुजु बाहेक १ अर्ब ८२ करोड ८ लाख १२ हजार ७४८ रुपैया“ ४१ पैसा रहेको छ । यसैगरी दुवैतर्फको पेश्की र असुल गर्नुपर्ने बेरुजु बाहेकको कुल रु ८ अर्ब ८१ करोड ३३ हजार ४३ रुपैया“ ३९ पैसा रहेको छ । जुन नेपाल सरकारका उपसचिवले प्रमाणित गरेका छन् । यो बेरुजुको डरलाग्दो तथ्य हो । तर कार्यकारी निर्देशक धिताल भने ३८ अर्ब मात्र बेरुजु रहेको भन्दै सत्यमाथि पर्दा हाल्न उद्यत भएर लागेका छन् ।
धिताल, खनाल र चौधरीको त्रिशक्ति समूहले केन्द्रको सफट्वेयर नै बिगारी जरिवाना रकमको ४ करोड ३३ लाख ९४ हजार २१० रुपैया“ समेत भ्रष्टाचार गरेका छन् । केन्द्रमा सचीकृत सौर्यऊर्जा कम्पनीहरुको सफट्वेयरमा छुट्टाछुट्टै कोड राखिएको छ । तर धितालको समूहले सफट्वेयरमै हिसाबकिताव गोलमाल गरी ४ करोड भन्दा बढी भ्रष्टाचार गरेको छ । सार्वजनिक लेखासमितिमा सक्कली हिसाब र म्यानुपुलेट गरेको दुवै हिसाबको विवरण समेत दिइएको छ । धितालको समूहले महालेखा नियन्त्रक कार्यालयले खटाएका लेखा नियन्त्रकलाई काम गर्न नदिई तनाव दिएर ३ महिनामै सरुवा गराएको छ ।
बैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रमा ५ हजार भन्दा बढी बायोग्यासको अनुदानसम्बन्धी फाइल नै गायब पारी अनियमितता गरिएको छ । एउटा बायोग्यास बराबर ३० हजार अनुदान दिने ब्यवस्था छ । यस हिसाबले ५ हजार बायोग्यासको १५ करोड रुपैया“ धिताल, खनाल र चौधरीको समूहले अनियमितता गरेको छ । बायोग्यासमा दिएको अनुदानमा भएको अनियमितताको बारेमा दातृनिकायले सबै फाराम एउटा कोठामा राखी सिलबन्दी गरेर छानबिन सुरु गरेका छन् । दातृनिकायले यसबारेमा सोधखोज गर्दा धिताल समूहले जवाफ दिन सकेको छैन । र, ती ५ हजार फारमहरु ह्यान्डलिङ बैंकमा हुनसक्ने भनेर झुक्याउने काम गर्दैआएका छन् । केन्द्रको ह्यान्डलिङ बैंक ग्लोबल आइएमई हो । धिताल समूह, केही निजी कम्पनी र बैंकको आपसी मिलेमतोमा ५ सय नक्कली फाराम खडा गरी भ्रष्टाचारको १५ करोड रुपैया“ भागबण्डा गरिएको समाचार छ ।
यसैगरी ऊर्जाको परिप्रयोगमा प्रदान गरिने अनुदानमा धिताल समूहले ब्यापक घोटाला गरेकाले सो कार्यक्रममा दातृनिकायले छुट्याएको रकम २ बर्षअघि नै बन्द गरिसकेको छ । हाल उक्त कार्यक्रममा कुनै पनि दातृनिकायले सहयोग गर्न रुची नराखेको बुझिएको छ । ऊर्जाको परिप्रयोग कार्यक्रममा भएको अनियमिततामा पनि दातृनिकायले चासोका साथ छानबिन गरिरहेका छन् ।
धिताल समूहले सबैभन्दा बढी सौर्यऊर्जामा घोटाला गरेको छ । आफूलाई कमिसन दिने सौर्यऊर्जा कम्पनीलाई मात्रै काम दिने गरेका छन् । धितालस“ग सेटिङ मिलाएका सिप्रदी र नवीन भूजेलको सूर्योदय कम्पनीले मात्र बीसौं करोडका काम पाउने गरेका छन् । केन्द्रबाट सौर्यऊर्जाका काममा टेण्डर सूचना निकाल्दै सेटिङ गरी सिप्रदी र सूर्योदयलाई मात्र मिल्नेगरी क्वालिफिकेसन क्राइटेरिया बनाउने गरिएको छ । उदाहरणका लागि २४ अगस्त २०१७ निकालिएको टेण्डर सूचनामा एशियाली विकास बैंकको सहयोगमा एसएएससीई परियोजनाको टेण्डरमा सूर्योदयका नवीन भुजेललाई मात्र हुनेगरी क्राइटेरिया बनाइएको छ । ८३ लाख रुपैया“ कारोबार गरेको हुनुपर्ने क्राइटेरिया सूर्योदयकै लागि बनाइएको समाचार स्रोतले बताएको छ । यो टेण्डर एक उदाहरणमात्र हो, यसैगरी सबै टेण्डर सेटिङमा सिप्रदी र सूर्योदयलाई मात्र दिने गरिएको छ ।
धिताल, खनाल र चौधरीले आफ्नै कम्पनी पनि खोलेका छन् । त्यसमा केन्द्रका पूर्व कार्यकारी निर्देशक गोविन्द पोखरेलका कम्पनी पनि छन् । टपसन, लेजरसन, सूर्यरोशनी, घामपावर कम्पनीलगायतका कम्पनीलाई पनि सेटिङमा सौर्यऊर्जाको काम दिने गरिएको छ । देखिने पात्र अरु कुनै भए पनि यी कम्पनीहरु धिताल, खनाल, पोखरेल र चौधरीकै भएको स्रोतले बताएको छ । दाताले दिएको अनुदानको रकम आफ्नै यी कम्पनीलाई पनि टेण्डर दिएर करोडौं रुपैया“ भ्रष्टाचार हु“दैआएको छ । अख्तियारले बेरुजुमात्र होइन, आफ्नै कम्पनी खडा गरेर भएको करोडौं भ्रष्टाचारमा समेत छानबिन गर्न सकेको छैन ।
आफन्त भर्तिकेन्द्र
सरकारले सोझै स्थायी भर्ना गर्न रोक लगाएको छ । लोकसेवा आयोगका प्रतिनिधि सहित खुल्ला प्रतिस्पर्धा गराएर भर्ति गर्नुपर्ने प्रावधान छ । तर बैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रमा ऐन नियम कानुन विपरीत मन्त्री, नेतादेखि पूर्व र वर्तमान कार्यकारी निर्देशकका नातागोतालाई सोझै नियुक्ति गरिएको छ । कार्यकारी प्रमुख हुनका लागि धितालले नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाकी बुहारी रोशनी रेग्मीलाई प्रशासन अधिृकतमा स्थायी नियुक्ति गरेको धेरै समय भएको छैन । भौतिक पूवार्“धार तथा यातायात मन्त्री वीरबहादुर बलायरकी श्रीमतीलाई समेत भर्ति गरिएको छ । र, मन्त्री भएपछि बलायरले श्रीमतीलाई बैकल्पिक ऊर्जाबाट भौतिक मन्त्रालयमा काजमा लगेर थप सुविधा दिएका छन् ।
केन्द्रमा पुननिर्माण प्राधिकरणका सीइओ गोविन्द पोखरेलका आफन्त लेखा सहायक पद्मा पौडेल र सब इन्जीनीयर राजन आचार्यलाई स्थायी नियुक्ति गरिएको छ । आफन्त भर्ति गरिएका करारका कर्मचारीलाई दाताबाट आएको पैसा बा“ड्न काजमा पठाउ“दै रकम दिने गरिएको छ । केन्द्रमा मन्त्रीदेखि नेतासम्मको दबाबमा भर्ना गरिउका करारमा काम गर्नेहरुको हैसियत गाडी चढ्नेसम्मको छ । अख्तियारका उपसचिवदेखि सहसचिवका श्रीमतीलाई जागिर लगाएर केन्द्रका कार्यकारी निर्देशक धितालले उजुरीको जानकारी लिने गरेका छन् । केन्द्रमा परेका उजुरीका बारेमा अख्तियारका पतिहरुले केन्द्रका पत्नीहरुलाई फोटोकपी नै गरेर उपलब्ध गराउने र धितालले पाउने गरेका छन् ।
५ औं तहबाट एकैपटक ह्याट्रीक गरी ८ औं तहमा बढुवा भएका लेखाप्रमुख चौधरी ७० लाख रुपैया“ पर्ने महंगो गाडी चढ्ने गर्दछन् । सामान्य स्टोरकिपर करोडौं मूल्यको घर र काठमाडौं लगायत थुप्रै ठाउ“मा जग्गा जोडेका छन् । उनको बीरगंजका केही उद्योगमा समेत लगानी रहेको छ । ५ हजार घुस खाने खरिदार नासुलाई समात्ने अख्तियारले यिनको बीसौं करोडको सम्पत्ति छानबिन गर्न सकेको छैन । बिमर्श सप्ताहिकमा समाचार छ ।
त्यसैगरी धिताल समूहले वातावरण मन्त्री मिथिला चौधरी र नेकपा संयुक्तका अध्यक्ष गणेश साहलाई बुझाउनुपर्छ भनेर प“चौं तहबाट छैंटौं तहमा बढुवा गर्दा सिर्जना पाण्डे, रमणकला ढुंगेल, पुष्कर श्रेष्ठ र सरोज कार्कीबाट लाखौं रुपैया“ घुस असुली गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्