गाडीभाडा बढी लिए मलाई फोन र्गनुस एआइजी चन्द



हाम्रो इकोनोमि

नेपालीहरुको महान चहाड दशैँमा घर जानेहरु ठगिने गरेका छन । नेपाल प्रहरीका एआइजी जयबहादुर चन्दले दशैँमा घर जाने यात्रुले टिकट काट्दा कुनै अनियमितता र ठगि नहोस् भनेर नेपाल प्रहरीले काठमाण्डौ उपत्यकाका १२ ठाउँमा हेल्लो डेस्क संचालन गरिएको जानकारी दिएका छन् ।

एआइजी चन्दले सबै बसपार्कहरुमा निगरानी गरिएको दाबी गरे ।
कुनै बसपार्कबाट यात्रु ठगिने गरी टिकट काट्ने काम नभएको जिकिर चन्दले गरेका छन् । गलत तरिकाले टिकट काट्ने वा यात्रु ठग्ने गरिएको सुचना प्राप्त हुनासाथ प्रहरीले कारबाही गर्ने प्रतिवद्धता चन्दले व्यक्त गरेका छन् ।
अहिलेसम्म करिब एक दर्जन ठगहरुलाई कारबाही गरिएको जानकारी समेत चन्दले दिए । टिकट वितरणलाई व्यवस्थित गर्ने प्रयास अझै भइरहेको उनले बताए । नागरिक सहायता कक्षको माध्यमबाट यात्रुलाई सहज बनाउने काम भइरहेको चन्दको भनाई छ ।

यदी कसैलाई तोकिएकोभन्दा बढि मूल्यमा टिकट बेचेको छ भने मौखिक खबर गरेको भरमा तत्काल कारबाही गर्ने प्रतिवद्धता चन्दले गरेका छन् । रिपोर्टस नेपालमा समाचार छ । स्थलगत रुपमा खटिएका प्रहरीलाई खबर गरेको भरमा दोषीलाई कारबाही गरिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...