छत्रकोटको नीति तथा कार्यक्रम सम्पन्न



हाम्रो इकोनोमि

छत्रकोट गाउँपालिकाको गाउँपरिषद्ले आगामी वर्षको नीति तथा कार्यक्रम तयार गरेको छ ।

नीति तथा कार्यक्रम तय गर्ने कार्यक्रममा सहभागी सम्पूर्ण उपस्थित महानुभावले सो गाउँपालिकालाई नमुना गाउँपालिकाको रुपमा विकास गर्नका लागि लागिपर्ने प्रतिबद्धता व्याक्त गरेका छन् ।

सो अवसरमा गाउँपालिकामा भएका कृषकहरुलाई उत्कृष्ट कृषक पेन्सनको व्यवस्था र ४० वर्ष नाघेका हरेक व्यक्तिलाई पूरा शरिर जचाँउने व्यवस्था गरिने गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिनुभयो । त्यस क्षेत्रमा रहेका सम्पूर्ण शैक्षिक क्षेत्रका शैक्षिक स्तर विकासका लागि काम गरिने पनि सो अवसरमा जानकारी गराईएको थियो ।

यसै गरी भान्छाभान्छामा खाने पानी तगला तगलामा मोटर बाटो पु¥याउने लक्ष्य तथा खरको छानो विस्थापित गरी कर्कट पाताको व्यवस्था गरिने गाउँपालिकाका कार्यकारी अधिकृत ज्ञानुराम पन्थीले जानकारी गराउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...