घरबेटीले नै मारे भाडामा बस्नेलाई



तेस्रो चरणको स्थानिय निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएपनि एकजानाले ज्यन गुमाउनु परेको छ । चुनावी हिंसामा एकजनाको मृत्यु भएको खबर आएको छ। तेस्रो चरणको चुनावमा ज्यान जानेगरि भएको यो नै पहिलो हिंसा हो।

घटना पनि अचम्मैको छ। चुनावसँग जोडिएको यो घटना रौतहटको हो।

घरबेटीले भनेको पार्टीलाई भोट नहालेको भन्दै आक्रमणमा परेका भाडामा बस्ने पुरुषलाई बचाउन पुगेका छिमेकीको दोहोरो झडपमा परेर मृत्यु भएको हो।

आपसमा झगडा गर्नेहरु घाइते छन् तर झगडा शान्त पार्न पुगेका छिमेकीको ज्यान गयो। रौतहट कटहरीया नगरपालिका वडा नम्बर ८ बलुवाचोकका ४८ बर्षीय रामपुकार राय यादवको ज्यान गएको रौतहटका एसपी यज्ञविनोद पोख्रेलले डिसी नेपाललाई जानकारी दिए। डिसी नेपालमा समाचार छ ।

घरबेटी नेपाली कांग्रेस समर्थित हुन्। भाडामा बस्नेले कांग्रेसलाई मत नदिएर अर्कै दललाई दिएको विवाद हिंसामा परिणत भएको थियो।

एसपी पोख्रेलका अनुसार गएको राति झगडिया घरबेटी र भाडामा बस्ने दुबैजना घरमै थिए। बेलुका पख उनीहरुबीच विवाद भयो। दुबैतर्फ केही साथिहरु पनि थपिए। रातिमा त्यहाँ खानपान पनि चल्यो।

मेरो घरमा बस्ने मैले भनेको पार्टीमा भोट नदिने भन्दै घरबेटीले झगडालाई कुटपिटतर्फ मोडिदिए। दुईपक्षबीचमा झडप भएको थाहा पाएपछि छुट्याउन त्यहाँ पुगेका छिमेकी रामपुकार दुबैतर्फको हानाहानमा बीचमा परे र उनको ज्यान गयो।

प्रहरीले नेपाली कांग्रेस समर्थित ती घरबेटीसहित झगडामा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस
आगलागीबाट मोरङमा २ बालबालिकाको मृत्यु, ८ घर जले

     मोरङको धनपालथान गाउँपालिका- ६ कदमा गाउँमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

प्रहरी महानिरीक्षकमा दिपक थापा

    सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेको

माओवादी तत्काल सरकारमा नजाने

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा रहेका पार्टीका प्रमुखसहित

लागू औषध नियन्त्रणका लागि सांसद तामाङको सरकारलाई कडा नीति अपनाउने आग्रह

    प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले नेपालमा लागू औषध दुर्व्यसन बढ्दै गएको