घरबेटीले नै मारे भाडामा बस्नेलाई



हाम्रो इकोनोमि

तेस्रो चरणको स्थानिय निर्वाचन शान्तिपुर्ण रुपमा सम्पन्न भएपनि एकजानाले ज्यन गुमाउनु परेको छ । चुनावी हिंसामा एकजनाको मृत्यु भएको खबर आएको छ। तेस्रो चरणको चुनावमा ज्यान जानेगरि भएको यो नै पहिलो हिंसा हो।

घटना पनि अचम्मैको छ। चुनावसँग जोडिएको यो घटना रौतहटको हो।

घरबेटीले भनेको पार्टीलाई भोट नहालेको भन्दै आक्रमणमा परेका भाडामा बस्ने पुरुषलाई बचाउन पुगेका छिमेकीको दोहोरो झडपमा परेर मृत्यु भएको हो।

आपसमा झगडा गर्नेहरु घाइते छन् तर झगडा शान्त पार्न पुगेका छिमेकीको ज्यान गयो। रौतहट कटहरीया नगरपालिका वडा नम्बर ८ बलुवाचोकका ४८ बर्षीय रामपुकार राय यादवको ज्यान गएको रौतहटका एसपी यज्ञविनोद पोख्रेलले डिसी नेपाललाई जानकारी दिए। डिसी नेपालमा समाचार छ ।

घरबेटी नेपाली कांग्रेस समर्थित हुन्। भाडामा बस्नेले कांग्रेसलाई मत नदिएर अर्कै दललाई दिएको विवाद हिंसामा परिणत भएको थियो।

एसपी पोख्रेलका अनुसार गएको राति झगडिया घरबेटी र भाडामा बस्ने दुबैजना घरमै थिए। बेलुका पख उनीहरुबीच विवाद भयो। दुबैतर्फ केही साथिहरु पनि थपिए। रातिमा त्यहाँ खानपान पनि चल्यो।

मेरो घरमा बस्ने मैले भनेको पार्टीमा भोट नदिने भन्दै घरबेटीले झगडालाई कुटपिटतर्फ मोडिदिए। दुईपक्षबीचमा झडप भएको थाहा पाएपछि छुट्याउन त्यहाँ पुगेका छिमेकी रामपुकार दुबैतर्फको हानाहानमा बीचमा परे र उनको ज्यान गयो।

प्रहरीले नेपाली कांग्रेस समर्थित ती घरबेटीसहित झगडामा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...