बिरगंजमा नच्यातिएको मतपत्र फेला परे पछी बबाल,रोकियो गणना



हाम्रो इकोनोमि

वीरगंजमा मत गणनाको क्रममा अर्धकट्टिसहितका ७ मत भेटिएपछि विवाद उत्पन्न भएको छ।
वीरगंज महानगरको वडा नम्बर ३२ को मतगणना जारी रहँदा अर्धकट्टि नच्यातिएका ७ मत फेला परेको हो। विवाद पछि मत ३२ वडाको मत गणना रोकेर निर्वाचन अधिकृतले पत्रकार सम्मलेन आयोजना गरेका छन्।

अर्धकट्टिसहितका मतपत्र भेटिएपछि दलका प्रतिनिधिले गणना हल भित्रै होहल्ला मच्चाएपछि केहीबेर तनाव भएको थियो। गणना रोकेर यथार्थ जानकारी दिनका लागि निर्वाचन अधिकृतले अहिले पत्रकार सम्मेलन गरिरहेका एक गणकले  जानकारी दिए।

अन्य वडाहरुको गणना यथावत राखेर विवादित बनेको ३२ वडाको मात्रै गणना स्थगित गरिएको हो।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...