प्रदेश र केन्द्रको निर्वाचनमा एमालेलाई दुई तिहाई बहुमत दिन ओलीको अपिल



एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र कसैको खेलौना वा माथि जाने भर्याङ मात्रै हुन नदिने उदघोष गर्नुभएको छ । नवलपरासीको गैडाकोटमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले सो भनाई राख्नुभएको हो ।

उहाँले अव मुलुक कांग्रेस र माओवादीबाट चल्नै नसक्ने ठोकुवा गर्दै बिकाश र संमृद्धिका लागि प्रदेश र केन्द्रको निर्वाचनमा एमालेलाई दुइ तिहाई बहुमत दिन अपिल गर्नुभयो । ‘आउदो निर्वाचनमा एमालेको नेतृत्व चाहिन्छ । स्थिरताबिना, स्थायित्वबिना फेरि सरकार ढाल्न सक्छन, यस्तो हुन नदिन एमालेलाई दुइ तिहाई चाहिन्छ, दुई तिहाइ भएन भने पनि आरामको बहुमत चाहिन्छ । अनि मात्रै देश बनाउन सकिन्छ,’ ओलीले भन्नुभयो ।

बिकाश र संमृद्धिका लागि एमाले रोज्न पनि उहाँको आग्रह थियो । ‘सातै प्रदेशमा बहुमतका साथ एमालेले प्रदेश सरकार गठन गर्नूपर्छ, केन्द्रमा अत्यधिक बहुमतका साथ बलियो सरकार बनाउनु पर्छ । यस्को लागि जनता अलमलमा पर्नु हुँदैन, एमाले नै रोज्नु पर्छ,’ ओलीले भन्नुभयो, ‘अव देश बनाउनु पर्छ, अव कांग्रेसमा लागिरहेर हुँदैन, जाँहानिया पार्टी हो कांग्रेस, माओवादी र अरु पार्टीको त कुरा गर्नै आवश्यक छैन । अव कांग्रेस सिद्धिसक्यो, सिद्धिसकेको कांग्रेसलाई बोकेर हिडनुको केही अर्थ छैन । कुहिएको अंग प्रत्यंग झरी आफ्नै शरिर बिटुलो हुन्छ ।’

नेपाली कांग्रेस र नेकपा माओवादीले लोकतन्त्रलाई लुटेर खाने भाँडो बनाएको तथ्य राख्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले जनताको जीवनमा परिवर्तनको अनुभुति गराउने कामका लागि एमालेको पक्षमा उभिन पनि अपिल गर्नुभयो । ‘बसमा कतै जानु परे डाइभर कस्तो छ ? मातेको छ कि छैन, चलाउन जान्दछ कि जान्दैन भनेर हेरेर मात्रै गाडी चढिन्छ, देशलाई नै चलाउने बिषय, देशको सार्वभौमसत्ता रक्षाको बिषय, देशको अस्तित्व जोगाउने सवालमा अव जनताले हिजो भोट हालिहालें भनेर बस्न मिल्दैन, कस्तो पार्टी हो ? देशको हितमा छकि प्रधानमन्त्री बन्न देश नै दाउमा राख्ने पार्टी हो भनेर हेर्नैपर्छ,’ इतिहासका घटना संझेर अव कांग्रेस र माओवादीमा लागी मुलुकको बर्वादीको कारक नबन्न आह्वान गर्दे ओलीले भन्नुभयो । उहाँले देश बनाउने कामको नेतृत्व एमालेले गरेको तथ्य राख्दै कांग्रेस नेतृत्वको अरु सवै गठबन्धन मुलुक र बिकाशबिरोधी रहेको ठोकुवा गर्नुभयो ।

‘कांग्रेस किन आज सतिदेवीको अंग प्रत्यंग झेर जसरी फत्तक्क फत्रक्क झरेको छ ? किन माओवादीको अंग फत्रक्क फत्रक्क झरिरहेको छ ? यत्तिकै होइन, तिनको नेतृत्वले आफ्नो पार्टीको इतिहास पोलेर खाइसके, ती पार्टीहरुमा जिवन्त तत्व नै छैन,’ ओलीले भन्नुभयो, ‘कांग्रेसले पटक पटक बहुमत ल्यायो, तर देशलाई जहिले पनि घात नै गर्यो, अहिलेको कांग्रेस त ती सवै आदर्शबाट च्यूत भइसक्यो, उस्को लागि लुटिखाने भाँडो हो कांग्रेस ।’ ओलीले शेरबहादुर देउवा नेतृत्वको अहिलेको कांग्रेस केही गर्न नसक्ने बुढो साँढे बनिसकेको ठोकुवा गर्नुभयो । ‘बैशमा साँढेले सवैलाई तह लगाउँथ्यो, तर बुढेसकालमा केही गर्न सक्दैन, उसलाई बाच्छोले पनि हेप्छ । आज कांग्रेस त्यस्तै भएको छ,’ ओलीले भन्नुभयो, ‘यतिसम्म कि आजको कांग्रेसले लोकतन्त्रलाई फालेर माओवादीको छोरीलाई भारी बोक्यो, माओवादीको छोरी जिताउनु नै प्रजातन्त्र हो भन्ने निश्कर्ष निकाल्यो ।’
ओलीले अहिलेको कां्रग्रेस अरुको बैशाखीबिना चल्नै नसक्ने अवस्थामा पुगिसकेको ठोकुवा गर्दै अव बिगतमा रुखमा भोट हालें भनेर देशलाई बर्वाद बनाउने कामको साँछी नबस्न अपिल गर्नुभयो । ‘कांग्रेस अहिले पनि अलमल्याउँदै छ । अहिलेको कांग्रेस भनेको खानका लागि जन्मेको हो, यस्ले देश लुटेर खाने भन्दा केही जानकारी छैन । खानकै लागि मात्रै जन्मिएकोले चुनाव गराउन पनि ५६ जना मन्त्री बनाएको छ,’ ओलीले भन्नुभयो, ‘काण्डैकाण्डको पार्टी हो । काण्डैकाण्ड गर्ने पार्टीमा लागेर देश बन्दैन । रहरका लागि खोलेको पार्टीमा लागेर देश बन्दैन । अव पनि जनताले ख्यालख्याल गर्नुहुन्न, अलमलमा पर्नु हुन्न । देशको लागि औचित्य सकिसकेको कांग्रेस र माओवादीमा बसेर आफ्नो जीवन खेर फाल्नु हुन्न ।’

अहिलेको कांग्रेस लोकतन्त्रको सामान्य आधारसिलाको समेत बिरुद्धमा लागेको ओलीको भनाई छ । ‘अरुको बैशाखी टेकेर चलेको छ कांग्रेस, हिजो कांग्रेस आफै हिडथ्यो तर आज अरुको बैशाखीबिना हिडनै सक्दैन, चल्नै सक्दैन । आज त कांग्रेसको सरकार पनि अरुले नै बनाइ दिनुपर्ने अवस्थामा छ । यसै कारण मतपत्र च्यात्नु लोकतन्त्रबिरोधी काम हो भन्न समेत कांग्रेसले सकेन,’ ओलीले भन्नुभयो । ओलीले माओवादी केन्द्र अस्तित्व सकिसकेको केही समुहको केन्द्रमा परिणत भएको बताउनु भयो । ‘पिपलको बिरुवा भन्दा तितेपातीको बिरुवा हुर्किएर ठुलो भइसक्छ । तीन महिनामा, चौथो महिनामा बुढो भएर ढलिसकेको हुन्छ । तर पिपलको रुख चार महिनामा बल्ल टुसो आउँछ । चौथो महिनामा पिपल अलिकति बढछ । माओवादी त्यस्तै तितेपाती जस्तै पार्टी हो,’ ओलीले भन्नुभयो ।

ओलीले नेपाली जनतालाई भ्रममा पार्दै सधै गरीव बनाइ दासता स्वीकार गर्न लगाउनका लागि एमालेबिरुद्ध गठबन्धन बनाइएको भन्दै सचेतताका साथ परास्त गर्न आह्वान गर्नुभयो । ‘माकुराको जालोमा भैसी पर्दन, बहुत जालो बनायो भने पनि झिंगा मात्रै पर्नसक्छ, भैसीलाई पार्न सकिदैन । एमालेबिरुद्धको गठबन्धन पनि त्यही हो । यस्ले जनताको अपार माया पाएको एमालेलाई त्यस्तो माकुराको जालोमा पार्न सकिन्न,’ ओलीको भनाई थियो ।

 

प्रतिक्रिया दिनुहोस
कांग्रेसले असभ्य व्यवहार देखायो : ओली

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले असभ्य व्यवहार देखाएको

संसद् भवन अगाडि नेविसंघको प्रदर्शन

    नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय

प्रधानमन्त्री प्रचण्डले देउवालाई बोलाए बालुवाटार

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरूलाई छलफलका

आरजुदेखि जयवीरसम्मको फाइल खोल्ने रविको तयारी

    सत्तामा गएदेखि प्रमुख प्रतिपक्षी दल कांग्रेसको निशानामा परिरहेका गृहमन्त्री रवि लामिछाने