महानगर र उपमहानगरमा कांग्रेस पछी पर्यो,कांग्रेस पछार्न को-को सक्रिय



दुई नम्बर प्रदेशका स्थानीय तहमा भएको निर्वाचनको मतगणना जारी छ। पछिल्लो मतगणना अनुसार दुई नम्बर प्रदेशमा समग्रमा धेरै स्थानीय तहमा अग्रता कांग्रेसले लिएको छ।

कांग्रेसलाई एमाले, संघीय समाजवादी फोरम, नेकपा माओवादी केन्द्रले पछ्याइरहेका छन्। दुई नम्बर प्रदेशका मतगणना जारी रहेका १३५ स्थानीय तहमध्ये पछिल्लो मतपरिणाम अनुसार कांग्रेस अग्रस्थानमा छ।

तर, दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा प्रमुख चासोका साथ हेरिएको पर्साको वीरगञ्ज महानगरपालिका, बाराको कलैया र जितपुर सिमरा उपमहानगरपालिका तथा धनुषाको जनकपुर उपमहानगरपालिका चारै वटा स्थानीय तहमा कांग्रेस पछि परेको छ।

कांग्रेस वीरगञ्ज महानगरमा कांग्रेस दोस्रो स्थानमा छ भने जितपुर सिमरा उपमहानगरपालिका र कलैया उपमहानगरपालिकामा तेस्रो र जनकपुर उपमहानगरपालिकामा दोस्रो स्थानमा छ।

वीरगञ्ज महानगरमा राजपा अगाडि, कांग्रेस दोस्रो

पर्साको वीरगञ्ज महानगरपालिकामा राजपा नेपालले अग्रता लिइरहेको छ। राजपालाई कांग्रेसले पछ्याइरहेको छ। राजपाका मेयरका उम्मेदवार राजेशमान सिंहले १५८१ मतका साथ अग्रता लिइरहेका छन्। उनलाई पछ्याएका कांग्रेसका अजय द्वीवेदीले ११७८ मत पाएका छन्। तेस्रोमा भने संघीय समाजवादी फोरम नेपालका विजय सराबगीले ६५२ मत पाएका छन्।

जितपुर सिमरा उपमहानगरमा एमालेको अग्रता, कांग्रेस तेस्रो

बाराको जितपुर सिमरा उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ। यो उपमहानगरपालिकामा पनि कांग्रेस पछि परेको छ।

एमालेका उम्मेदवार डा. कृष्ण पौडेलले २९ सय ८२ मतका साथ अग्रता लिएका छन्। उनलाई पछ्याइरहेको नेकपा माओवादी केन्द्रका उम्मेदवार राजन पौडेलले २५ सय ५६ मत पाएका छन्। तेस्रो स्थानमा रहेको कांग्रेसका उम्मेदवार कृष्णब्रत सिंहले २२ सय ०८ मत प्राप्त गरेका छन्।

कलैया उपमहानगरमा फोरम अगाडि, कांग्रेस तेस्रो

बाराको कलैया उपमहानगरपालिकामा संघीय समाजवादी फोरम नेपालले अग्रता लिइरहेको छ। फोरम नेपालका मेयरका उम्मेदवार प्रमोद गुप्ताले ७०५ मतका साथ अग्रता कायम गरेका छन्। उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार विनोद साहले ५७२ मत पाएका छन्।

यो उपमहानगरपालिकामा पनि कांग्रेस तेस्रो स्थानमा छ। कांग्रेसका उम्मेदवारले ४०१ मत प्राप्त गरेका छन्। चौथो स्थानमा रहेको माओवादी केन्द्रका उम्मेदवारले २२८ मत पाएका छन्।

जनकपुर उपमहानगरमा राजपाको अग्रता, कांग्रेस दोस्रो

जनकपुरमा उपमहानगरपालिकामा राजपा नेपालले अग्रता लिएको छ। सधैं कांग्रेसका बागी उम्मेदवारले जित्दै आएको यो उपमहानगरपालिकामा यसपटक कांग्रेसबाट बागी उम्मेदवार कोही छैनन्। तर, पनि कांग्रेस राजपा नेपालभन्दा पछि परेको छ।

पछिल्लो मतपरिणाम अनुसार राजपा नेपालका मेयरका उम्मेदवारले १०७४ मतका साथ अग्रता लिएका छन्। उनलाई कांग्रेसका उम्मेदवार मनोज साहले ७७४ मतका साथ पछ्याइरहेका छन्।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले असभ्य व्यवहार देखायो : ओली

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले असभ्य व्यवहार देखाएको

संसद् भवन अगाडि नेविसंघको प्रदर्शन

    नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय

प्रधानमन्त्री प्रचण्डले देउवालाई बोलाए बालुवाटार

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरूलाई छलफलका

आरजुदेखि जयवीरसम्मको फाइल खोल्ने रविको तयारी

    सत्तामा गएदेखि प्रमुख प्रतिपक्षी दल कांग्रेसको निशानामा परिरहेका गृहमन्त्री रवि लामिछाने