बाबुरामलाई गोरखामा पछार्न प्रचण्डले यस्तो उर्दी गरे,बाबुराम पत्तासाफ हुदै



हाम्रो इकोनोमि

सत्ताधारी दल नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा निर्वाचनका लागि गोरखामा शीर्ष नेतालाई उम्मेदवार बनाउने भएको छ ।
नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईको गृहजिल्ला गोरखामा माओवादी केन्द्रले उनलाई हराउन बलियो उम्मेदवार खडा गर्न लागेको हो । गोरखामा बाबुराम प्रख्यात छन् । सबैभन्दा बढी मत ल्याएर विजयी हुँदै आएका उनलाई अहिलेसम्म कसैले हराउन सकेको छैन् ।
अब आगामी मंसिरमा हुने चुनावमा बाबुरामको सामना गर्न माओवादी केन्द्रले वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई गोरखाको उम्मेदवार बनाउने भएको छ । बुधबार गोरखामा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाट नारायणकाजी श्रेष्ठले चुनाव लड्ने घोषणा गरे ।

उनले आफू आफू चितवनबाट चुनाव लड्ने बताउँदै भने– ‘गोरखाबाट नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे वा अरु कोही नेता चुनाव लड्छ, तर यसबारे अन्तिम टुंगो पार्टीले लगाउँछ ।’ माओवादी स्रोतका अनुसार गोरखामा चुनाव लड्न नारायणकाजीले लबिङसमेत गरिरहेकाले टिकट उनैले पाउने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

    पूर्वराष्ट्रपतिसमेत रहेको विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेता पदको शपथ लिएकी...

वरिष्ठ नेता विद्या भण्डारीसहित एमाले स्थायी कमिटी बैठक सुरु

    नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा पूर्व...

गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...