बाबुरामलाई गोरखामा पछार्न प्रचण्डले यस्तो उर्दी गरे,बाबुराम पत्तासाफ हुदै



सत्ताधारी दल नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा निर्वाचनका लागि गोरखामा शीर्ष नेतालाई उम्मेदवार बनाउने भएको छ ।
नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईको गृहजिल्ला गोरखामा माओवादी केन्द्रले उनलाई हराउन बलियो उम्मेदवार खडा गर्न लागेको हो । गोरखामा बाबुराम प्रख्यात छन् । सबैभन्दा बढी मत ल्याएर विजयी हुँदै आएका उनलाई अहिलेसम्म कसैले हराउन सकेको छैन् ।
अब आगामी मंसिरमा हुने चुनावमा बाबुरामको सामना गर्न माओवादी केन्द्रले वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई गोरखाको उम्मेदवार बनाउने भएको छ । बुधबार गोरखामा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाट नारायणकाजी श्रेष्ठले चुनाव लड्ने घोषणा गरे ।

उनले आफू आफू चितवनबाट चुनाव लड्ने बताउँदै भने– ‘गोरखाबाट नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे वा अरु कोही नेता चुनाव लड्छ, तर यसबारे अन्तिम टुंगो पार्टीले लगाउँछ ।’ माओवादी स्रोतका अनुसार गोरखामा चुनाव लड्न नारायणकाजीले लबिङसमेत गरिरहेकाले टिकट उनैले पाउने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगर्नूस् : विद्युत प्राधिकरण

    नेपाल विद्युत प्राधिकरणले देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको जनाएको छ

प्रहरीसँगको झडपमा २६ शिक्षक घाइते (नामसहित)

     शिक्षक आन्दोलनमा २७ जना घाइते भएका छन् । नेपाल शिक्षक महासंघले

पूर्वराजा ज्ञानेन्द्रलाई कारबाही गर्नुपर्छ : ठाकुर गैरे

    सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद ठाकुर गैरेले पूर्वराजा ज्ञानेन्द्र शाह

शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप, अवस्था तनावपूर्ण

    आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप भएको छ । बिजुलीबजार–नयाँबानेश्वर सडक