रमाइला कांग्रेसी मन्त्रीले राप्रपा नेताकी पुत्री च्यापे पछी यसरी भयो हंगामा



विभागीय मन्त्री छन् काँग्रेसको तर नियुक्ति पाँउदैछन कमल थापाका पार्टीका कोषाध्यक्षको पुत्रीले । त्यो पछाडि काँग्रेस निकटकै चलचित्रकर्मीहरु सञ्चारमन्त्रीसँग मुर्मरिने नै भए । जति जति नै गाली गरे पनि मन्त्री व्याक हुने वाला छैनन् । कारण उनले दसैँ खर्च बापत गतिलै आर्थिक शुभलाभ हात पारिसकेका छन् उद्धव पौडेलको पुत्रीबाट ।

विगत तीन महिना देखि रिक्त रहेको चलचित्र विकास बोर्डका अध्यक्ष बन्ने लिगलिगे दौडमा अरू प्रतिस्पर्धीलाई पछाडि पार्दै गोपीकृष्ण हल मालिक उद्धव पौडेलको छोरी निकिताले बाजी मार्न लागेको चर्चा काँग्रेस निकट चलचित्रकर्मीहरुले गर्ने गरेका छन् । अब, बोर्डको साँचो ढिलो चाँडो निकिताले पाउँन लागेकी छिन् ।

स्नातक उत्तीर्ण गर्नेले मात्रै चलचित्र बोर्ड हल्लाउन पाउँने व्यवस्था लागू भएसँगै विभिन्न कलाकार, निर्देशक तथा निर्माताले आफ्नो बायोडाटा बुझाए तर अहिले अन्त्यमा निकिता नै अब्बल साबित हुन पुगिन् । उनीसँगै दर्जनौँ बढी प्रतिस्पर्धीले बायोडाटा त बुझाए तर नोट गन्ने साहस देखाएनन् । अरूले नोट देखाउन नसकेपछि उनी सर्वसहमती झैँ बोर्डका लागि नियुक्ति हुने भइन् । स्रोतका अनुसार उनले बोर्डको अध्यक्ष बन्नलाई थोरै रकम खर्चिएकी छैनन् । बुवा उद्धव पौडेल राप्रपा नेपालको कोषाध्यक्ष, गोपिकृष्ण हलको मालिक, ओम अस्पतालको अध्यक्ष। त्यसपछि भन्नु नै के बाँकी रह्यो र ! हुन त यति रकम बोर्डका पूर्व अध्यक्ष राजकुमार राईले खर्च गर्न नसक्ने त होइनन् । तर, बायोडाटा अपुरो भएपछि न हो उनी झोक्रन पुगेका ह’न् । स्रोतले बताएअनुसार निकिताले एक करोडभन्दा माथि नै रकम बुझाएकी छिन् । यति धेरै रकम बुझाएपछि कुन मन्त्रीले अध्यक्ष नबनाउने इच्छा व्यक्त गर्ला र ! उनी अब कुनै बाधा अवरोध विना बोर्ड हल्लाउने पहिलो महिला बन्ने भएकी छिन् । अब, औपचारीक घोषण हुन मात्रै बाँकी छ,मन्त्रिपरिषद्बाट ।

अस्ति सोमबारको मन्त्रिपरिषद्को बैंठकले उनलाई अध्यक्ष पदको जिम्मेवारी दिने निर्णय गरिएको थियो तर राज्यमन्त्रीलाई सपथ खुवाउनु परेपछि त्यतिकै थन्किएको बताइएको छ । अब, ढिलो चाँडो वा दशै अगावै निकिताले फूलमाला पहिरिँदै छिन् । गत जेठ २४ गतेदेखि माउँ बिनाको बचेरा झैँ बनेको चलचित्र बोर्ड खाली छ । राजकुमार राई आफू बसेको कार्यकक्षमा बेला बेला भने जान्छन् तर, नियमले कुर्सीमा बस्न सक्दैनन् । अनि निन्याउँरो हुँदै घर फर्किन्छन् ।

आठ कक्षाभन्दा माथिल्लो तह अध्ययन गर्न नपाएका निवर्तमान अध्यक्ष राई अब कुनै पनि हालतमा बोर्डमा दोहोरिने सम्भावना छैन । चार वर्ष पदमा बसेर हालीमुहाली गरेका उनको फेरि एकपट अध्यक्ष बन्ने यात्रा समाप्त भएको छ । काँग्रेसको राज चल्ने बोर्डमा राप्रपाको आगमन भएसँगै गोपिकृष्ण हलका मालिक उद्धव पौडेलले छाती फुलाउन थालेका छन् । छोरी निकिता पौडेलले चलचित्र विकास बोर्ड हल्लाउने अनि आफूले गोपिकृष्ण हल चलाउँने भएपछि उनले छाती नफुलाउन् कसरी !

सञ्चारमन्त्रीसँग सिँघौरी खेल्ने तागत राख्ने राजकुमार बुवा–छोरीसँग त के ब्याक हुन्थे तर, प्रचण्ड सरकारका पालामा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्कीले बोर्डमा अध्यक्ष हुने हैसियत (स्नातक उत्तीर्ण) तोकेपछि राजकुमार राई रन्थनिन पुगे । तर, हार मानेन् । किनकि आफ्नै पार्टीको सरकार सत्तामा पुग्नु र निकटका व्यक्ति सूचना मन्त्री भएपछि पहिलेको निर्णय उल्टाएर सजिलै दोस्रो पटक कुर्सी हल्लाउने उनको दाउँ थियो तर त्यो दाउँ अहिले भताभुङग भएको छ ।

हालका बहालवाला सूचना मन्त्री मोहन बहादुर बस्नेतले पनि ‘हैन । कम्तीमा स्नातक उत्तीर्ण नै हुनुपर्ने रहेछ । मैले सर्सती सबै नियाले तर कोही पनि पढे लेखेका मानिसहरू अध्यक्ष नै भएका रहेनछन् । नपढेकाले चलचित्रको विकास र वृद्धि गर्न सक्दैन । त्यसैले राई जी नरिसाउँनु होला । अरू सहयोग त हामी बीचमा छँदैछ नि ।’ बस्नेतलाई दाइ सम्बोधन गर्ने राजकुमार राईले एक पटकलाई आठ कक्षा पासलाई पनि ‘ग्रिन सिग्नल’ नै लागू गर्न अनुरोध गरे पनि आफ्नो छवि बिगार्न मन्त्री बस्नेतले नचाहेपछि अन्ततः राजकुमार बुढो बाघ झैँ सिकार नपाएर लुरुक्क परेर घर फर्किएका थिए ।

राजकुमारले फाइटै खेलेर बिताए

चलचित्रले गति लिएको ६ दशक बितिसक्दा पनि चलचित्र बजार स्तर ‘ज्यु का त्यु’ देखिन्छ । कलाकारहरू फेरिए तर चलचित्रकाे गुणस्तर बढाउन वाेर्डले ध्यान दिएन । चलचित्रको वृद्धि विकास भन्दा पनि कमाउधन्दाका लागि विकास बोर्डमा पार्टी निकटका आसेपासेलाई भित्र्याइएपछि चलचित्रको गुणस्तर सुध्रने कुरै आएन । मिनेन्द्र रिजालको पालामा विकास बोर्डको अध्यक्षमा भर्ती भएका राईले चार वर्ष अध्यक्ष भए तर, सिन्को भाँच्ने उपलब्धि मूलक काम गरेनन् । त्यस समयमा उनले सूचना मन्त्री रिजालसँग डिनर लिने र दिउँसै चलचित्र निर्माताहरुसँग कार्यकक्षामै मुक्का हानाहान गर्नेभन्दा अरू काम गरेनन् । सल्लाह सुझाव दिनुको साट्टो उनी निकटका व्यक्तिहरूले वाग्लेसँग झगडा गरेकोमा उल्टै बधाई दिँदै वाग्लेसँग अडगमगाउँन सल्लाह दिए भने वाग्लेका समर्थकहरु त राईसँग पनि कहीँ पछि परिन्छ भन्दै उचाल्ने गरेका थिए । त्यसपछि दुइबीचको सम्बन्ध पानी बराबरको छ ।

कसले चलाउँदै छ बोर्ड
सूचना सञ्चार मन्त्रालयअन्र्तगत रहेर कामकारबाही गर्ने चलचित्र विकास बोर्डलाई जेठ २४ गतेदेखि सह–सचिव रामचन्द्र ढकालले अह्रोउ भरोउ गर्दै आएका छन् । तर, अब चाँडै उनले निकितालाई बोर्डको साँचो जिम्मा दिँदैछन् । बोर्डको अध्यक्षको हैसियत भनेको मन्त्रालयको सचिव सरह हो । बोर्डको अध्यक्षको बन्नका लागि प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरेकाले पनि लड्न पाउँने प्रणाली पनि ल्याउन नखोजिएको हैन तर त्यो सम्भव नभएसँगै स्नातक उत्तीर्ण नै चाहिने भएपछि निक्कै समय बोर्ड लथालिंग बन्न पुगेको थियो । आफ्नो म्याद सकिएसँगै राजकुमार राई दोस्रो कार्यकालका लागि कहाँ कहाँ धाएनन् । पूर्व मन्त्री मिनेन्द्र रिजालदेखि सूचना मन्त्री मोहन बहादुर बस्नेतसम्म पुगे तर रेड लाइट पाएनन् । उनले दुवै मन्त्रीलाई उनले आफ्नो कष्ट बेहोरेबापत राहत दिने कबुल गरे पनि कुनै लछारपाटो नलागेसँगै अहिले उनी पुर्पुरोमा हात हाल्दै बस्ने गरेका छन् । यदाकदा बोर्डको कार्यकारीको योग्यता र नियुक्तिको प्रावधान मन्त्रिपरिषद्ले नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनाएको बुझिएको छ ।

खास नियम के छ ?

नेपाली चलचित्रको विकासका लागि बोर्ड गठन गरिएसँगै चलचित्र ऐन २०५१ को दफा २१ ले बोर्ड गठनको विषयमा चलचित्र क्षेत्र कै मान्छे हुनुपर्ने तोकिएको छ तर अहिलेसम्म राजनीतिक आडभरोसामा मात्र बोर्डमा आफू निकट व्यक्तिहरूलाई भर्ती गर्दै आइएको छ । दश बर्से जनयुद्ध पछि शान्ति सम्झौतामा फर्किएसँगै सरकारमा सामेल भएको माओवादीले (२०६५–६६) अध्यापन गराउँने अमर गिरी, इश्वरचन्द्र ज्ञवाली र गणेश भण्डारीलाई बोर्डमा भर्ना गर्‍यो । उनीहरू चलचित्र क्षेत्रका व्यक्ति नै थिए न त आफ्नो कार्यकालमा त्यस्तो खालको काम नै गरेर देखाएको मकालु खबरले उल्लेख गरेको छ । बोर्डको कुर्सीमा बसेर भत्ता पचाउँने बाहेक अरू केहिँ काम गरेनन् । यतिबेला चलचित्र विकास वाेर्ड दलहरूकाे कार्यकता भर्ति केन्द्र वाहेक केहि हुन सकेन ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले असभ्य व्यवहार देखायो : ओली

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कांग्रेसले असभ्य व्यवहार देखाएको

संसद् भवन अगाडि नेविसंघको प्रदर्शन

    नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय

प्रधानमन्त्री प्रचण्डले देउवालाई बोलाए बालुवाटार

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरूलाई छलफलका

आरजुदेखि जयवीरसम्मको फाइल खोल्ने रविको तयारी

    सत्तामा गएदेखि प्रमुख प्रतिपक्षी दल कांग्रेसको निशानामा परिरहेका गृहमन्त्री रवि लामिछाने