दुइ नम्बर प्रदेशको यस्तो आयो पछिल्लो रिपोर्ट,कहाँ कुन दलको कति अग्रता ?



९६ स्थानीय तहको पछिल्लो विवरण अनुसार कांग्रेसले २७ स्थानीय तहमा अग्रता कायम राखेको छ भने नेकपा एमालेले २१ स्थानीय तहमा अग्रता कायम राखेको छ। माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम नेपालले १९ र राजपा नेपालले १२ स्थानीय तहमा अग्रता लिएको छ।

दुई नम्बर प्रदेशमा भएको स्थानीय तह निर्वाचनको मतगणना जारी छ। १३६ मध्ये सप्तरीको राजविराज नगरपालिकाबाहेक १३५ तहमा मतगणना भइरहेको छ।

पछिल्लो मतपरिणाम अनुसार दुई नम्बर प्रदेशमा कांग्रेसले अग्रता लिएको छ। कांग्रेसलाई एमालेले पछ्याइरहेको छ भने तेस्रो स्थानमा संघीय समाजवादी फोरम नेपाल देखिएको छ। चाैथो स्थानमा नेकपा माओवादी केन्द्र देखिएको छ भने राजपा नेपाल पाँचाै स्थानमा छ।

प्राप्त ९६ स्थानीय तहको पछिल्लो विवरण अनुसार कांग्रेसले २७ स्थानीय तहमा अग्रता कायम राखेको छ भने नेकपा एमालेले २१ स्थानीय तहमा अग्रता कायम राखेको छ। माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम नेपालले १९ र राजपा नेपालले १२ स्थानीय तहमा अग्रता लिएको छ।

कांग्रेसले अग्रता लिएका स्थानीय तह

नेपाली कांग्रेसले दुई नम्बर प्रदेशको पर्साको कालिका गाउँपालिका, बाराको महागढिमाई नगरपालिका, बारागढी गाउँपालिका, कोहल्वी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका र सिम्रौनगढ नगरपालिकामा अग्रता लिएको छ।

यस्तै, सप्तरीको खडक नगरपालिका, बेल्ही चपेना गाउँपालिका, कञ्चनरुप नगरपालिका र कृष्णासबरण गाउँपालिकामा पनि अग्रता लिएको छ। यसैगरी धनुषाको धनुषाधाम नगरपालिका, बटेश्वर गाउँपालिका, सिरहाको कल्याणपुर नगरपालिका र नरहा गाउँपालिका, महोत्तरीको बर्दिबास, बलवा, रामगोपालपुर नगरपालिका र एकडारा गाउँपालिका, सर्लाहीको हरिपूर्वा नगरपालिका, मंगलवा नगरपालिका, कौडेना गाउँपालिका र धनकौल गाउँपालिकामा पनि कांग्रेसले अग्रता कायम राखेको छ।

यस्तै, रौतहटको चन्द्रपुर नगरपालिका, इश्वरनाथ, परोहा र गढीमाई नगरपालिकामा अग्रता लिएको छ।

एमालेको अग्रता कहाँ कहाँ?

कांग्रेसलाई पछ्याइरहेको एमालेले बाराको जितपुर सिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका र आदर्श कोटहवा गाउँपालिकामा अग्रता लिएको छ।

यस्तै, पर्साको पर्सागढी नगरपालिका, पटेरुवा सुगौली गाउँपालिका र सखुवा प्रसौनी गाउँपालिका, रौतहटको गौर नगरपालिका, गरुडा नगरपालिका र यमुनामाई गाउँपालिका, सिरहाको लहान नगरापलिका, अर्जना नगरपालिका, नवराजपुर गाउँपालिका, सखुवानानकारकट्टी गाउँपालिका र विष्णुपुर गाउँपालिका, सर्लाहीको हरिवन नगरपालिका र ईश्वरपुर नगरपालिकामा पनि एमालेले अग्रता लिएको छ।

यसैगरी धनुषाको मिथिला विहारी नगरपालिका, मुखियापट्टी मुसहरमिया गाउँपालिका र औरही गाउँपालिका, सप्तरीको सप्तकोशी नगरपालिका र बलान बिहुल गाउँपालिकामा पनि एमालेले अग्रता लिएको छ।

माओवादी केन्द्रले अग्रता लिएका स्थानीय तह
नेकपा माओवादी केन्द्रले रौतहटको फतुवा विजयपुर र वौद्धीमाई नगरपालिका, मौलापुर गाउँपालिका, बृन्दावन गाउँपलिका, धनुषाको गणेशमान चारनाथ र सबैला नगरपालिका, सर्लाहीको बाग्मती नगरपालिका र चक्रघट्टा गाउँपालिका, सिरहाको धनगढी, मिर्चैया र गोलबजार नगरपालिका, सिरहाकै अर्नमा गाउँपालिका, बाराको देवताल गाउँपालिका र पर्साको ठोरी, छिपहरामाई र पकाहामैनपुर गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ।

संघीय समाजवादी फोरमले अग्रता लिएका स्थानीय तह
संघीय समाजवादीले सप्तरीको बोदेबरसाइन नगरपालिका, महादेवा गाउँपालिका, सिरहाको सुखीपुर नगरपालिका, भगवानपुर, औरही, बरियारपट्टी र लक्ष्मीपुर पतारी गाउँपालिका, महोत्तरीको मनरा सिसवा नगरपालिका र सोनमा गाउँपालिका, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, कमला नगरपालिका र हंशपुर नगरपालिका, सर्लाहीको बरथहवा नगरपालिका र विष्णु गाउँपालिका, पर्साको पोखरीया नगरपालिका, जगरनाथपुर गाउँपालिका र धोबनी गाउँपालिका, रौतहटका देवाही गोनाही र माधवनारायण नगरपालिकामा पनि अग्रता लिएको छ।

राजपा नेपाल कहाँ छ अघि ?
राजपा नेपालले एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, सप्तरीको हुनमाननगर नगरपालिका, तिलाडी कोइलाडी गाउँपालिका र रुपनी गाउँपालिका, महोत्तरीको मनरा नगरपालिका र भंगाह नगरपालिका, सर्लाहीको ब्रह्मपुरी नगरपालिका र गोडौता गाउँपालिका, बाराको पचरौता नगरपालिका, परवानीपुर गाउँपालिका र रौतहटको गुजरा नगरपालिकामा अग्रता लिइरहेको छ।

प्रतिक्रिया दिनुहोस
बूढानीलकण्ठ बीएमसीबाट सिक्री लुटने २ जना पक्राउ

    बूढानीलकण्ठ क्षेत्रमा लुटपाट गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

संसदमा कांग्रेस सांसदहरुको नाराबाजी

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । कांग्रेस सांसदहरुले

गृहमन्त्री हिंस्रक रुपमा प्रस्तुत भए : कांग्रेस

    नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने हिँजोको संसद बैठकमा हिंस्रक रुपमा प्रस्तुत

इरानी राष्ट्रपति इब्राहिमको हेलिकप्टर दुर्घटनामा मृत्यु

    हिजो इरानको पूर्वी अजरबैजानमा भएको हेलिकप्टर दुर्घटनामा परेर इरानी राष्ट्रपति इब्राहिम