आयो मतगणनाको पछिल्लो रिपोर्ट,को कति अगाडी ?



प्रदेश नम्बर २ म सोमबार मतदान भएका १ सय ३६ स्थानीय तह मध्ये ७ठाउँमा मतगणना सुरु भएको निर्वाचन आयोगले जनाएको छ । अन्य स्थानीय तहमा छलफल भैरहेको छ ।

मतगणना सुरु भएका धेरैजसो ठाउँमा नेपाली कांग्रेस, एमाले, माओवादी र संघीय समाजवादी फोरमका उम्मेदवार अगाडि देखिएकाछन् । राजपाको मत निकै कमजोर देखिएको छ ।

केही स्थानीय तहका वडामा भने नजिता पनि आइसकेको छ । पछिल्लो परिणाम अनुसार माओवादीले दुई वटा बडामा जित हात पारेको छ ।
यस्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको क्षेत्र सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा माओवादीका मोहन केसी विजयी भए। मेयर र उपमेयरमा पनि माओवादीकै उम्मेदवार अघि छन् ।

यस्तै सर्लाहीको बरहथवा नगरपालिकाको वडा नम्बर १८ को वडाध्यक्षमा संघीय समाजवादी फोरमका मुलेश्वर राय प्यानलसहित विजयी हुनुभएको हो । यस्तै,२० स्थानीय तहमध्ये १२ वटामा मतगणना भइरहेको छ । लालबन्दी नगरपालिकाको मतगणना अझै अन्योल छ ।
सिरहाका १७ मध्ये १५ वटा तहमा मतगणना सुरु भएको छ । कांग्रेस , माओवादी केन्द्र र राजपाविच प्रतिस्पर्धा छ ।
रौतहटका १८ तहमध्ये १२ वटामा मतगणना भैरहेको छ ।

यस्तै महोत्तरीका १५ मध्ये ९ तहमा मतगणना भैरहेको छ । महोत्तरीको बर्दिवासमा कांग्रेस र गौशला नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवारलेले अग्रता लिइरहेका छन् । बाराका १६ स्थानीय तह मध्ये ८ तहमा गणना भइरहेको छ । गणना सुरु गर्न बाँकी रहेका तहमा केहीबेरमा गणना सुरु गर्ने तयारी भएको छ । बारागढी गाउँपालिका, सिम्रनगौढ नगरपाकिलाका र फेटा गाउँपालिकामा कांग्रेसको अघि छ ।

यस्तै देउताल नगरपालिकामा माओवादी केन्द्र र आदर्श कोतवाल गाउँपालिकामा एमालेको अग्रता छ । पचरौता नगरपालिकामा एमाले र राजापा बराबर छन् । जीतपुर सिमरा उपमहानगरपालिका र महागढीमाई नगरपालिकामा पनि गणना भइरहेको छ । अहिलेसम्मको मतगणना अनुसार ती तहमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र एक एक तहमा र एक तहमा एमाले र राजपाको कडा प्रतिस्पर्धा देखिएको छ ।

 

रौतहटमा काँग्रेस र माओवादीको विजयी सुरुवात

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा नेकपा माओवादी केन्द्रले आफ्नो विजयी सुरुवात गरेको छ। रौतहटको ईसनाथ नगरपालिका वडा नं। १ मा नेपाली काँग्रेस र फतुहा विजयपुर नगरपालिका वडा नं। १ माओवादी केन्द्रले आफनो विजय सुरुवात गरेको हो ।

ईसनाथ नगरपालिका वडा नं। १ का नेपाली काँग्रेसका उम्मेदवार विगुसाहले ५४५ मत ल्याउदैं आफना प्रतिद्धन्दी संघिय समाजवादी फोरमका शिवजी यादवलाई पराजित गरी विजयी भएका हुन् । उनका प्रतिद्धन्दी यादवले ३ सय ५५ मत ल्याएका छन् ।

त्यस्तै प्राप्त जानकारी अनुसार रौतहटको फतुहा विजयपुर नगरपालिका वडा नं।१का उम्मेदवार संजय साहले विजयी भएका छन् ।

भँगाहा र रामगोपालपुर नगरपालिकामा काँग्रेसको अग्रता, प्रतिस्पर्धामा माओवादी र एमाले

महोत्तरी जिल्लाको दुई नगरपालिकामा काँग्रेसले आग्रता हाँसिल गरेको छ । जिल्लाको भँगाहा र रामगोपालपुर नगरपालिकामा काँग्रेसका उम्मेदवारले अग्रता हाँसिल गरेका हुन् ।

निर्वाचन अधिकारी दिनानाथ अधिकारीले दिएको जानकारी अनुसार महोत्तरीको रामगोपालपुर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता हाँसिल गरेका छन् । वडा नं ७ को कूल २ सय ७१ मत गन्दा भयो २ सय ५८मत सदर भएको थियो । जसमा नेपाली काँग्रेसको प्रमुखमा ६३, उपप्रमुखमा ४० र वडाध्यक्ष ३३ मत आएको छ ।

त्यस्तै, एमालेका उम्मेदवारहरुमा प्रमुखका उम्मेदवारको ५६ उपप्रमुखको ६२ र वडाध्यक्षको ६५ मत आएको छ । उता, हसिँया मओवादीका उम्मेदवारहरुको हँसिया हथौडामा प्रमुखले ५१ उपप्रमुख ५७ र वडाध्यक्षले ६५ मत ल्याएका छन् ।

त्यस्तै, संघीय समाजवादी फोरमको प्रमुखमा ३१, उपप्रमुखमा ३८ र वडाध्यक्षमा ३७ मत आएको छ भने राष्ट्रिय जनता पार्टीको प्रमुखमा ४०, उपप्रमुखमा ४१ र वडाध्यक्षमा ४३ मत आएको छ ।

त्यस्तैगरी जिल्लाको भँगाहा नगरपालिकामा पनि काँग्रेसले अग्रता कायम गरेको छ । निर्वाचन अधिकारी तिलक बहादुर कार्कीले दिएको जानकारी अनुसार पहिलो सय मत गन्दा
प्रमुखमा काँग्रेसको १ सय १२, माओवादीको ८५, राजपाको ३९, फोरमको ४७ र एमालेको १० मत आएको छ । त्यस्तै, उपप्रमुखमा काँग्रेस ९८, माओवादी १ सय १४, राजपा ४६, फोरमले ५३ र एमालेले १२ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीले पाए विश्वासको मत, पक्षमा १५७ सांसद

     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका

कांग्रेसको गतिविधि कलंकका रुपमा स्थापित हुनेछ : प्रधानमन्त्री

     प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा नाराबाजी गरिरहेका कांग्रेसप्रति आक्रोश पोखेका छन्

टेक्सास टपर्स टक कार्यक्रमको आयोजना हुने

    बुढानिलकण्ठ नगरपालिकामा रहेका विद्यालयमा अध्यनरत उत्कृस्ट विद्यार्थी मार्फत विद्यालय चिनाउनका लागि

कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्रीले विश्वासको मत मागे

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामकारबाहीका कारण सुशासनको आशा जागेको बताएका