यि हुन सुन तस्करीका मुख्य नाईके



विगतमा खासा नाकाबाट रक्तचन्दनको तस्करी गर्ने एउटा गिरोह नै पछिल्लो समयमा सुन तस्करीमा संलग्न भएको पाइएको छ । सिन्धुपाल्चोकका केही माओवादी नेतातिर पनि सुन तस्करी धन्दामा शंकाको सुइ घुमेको छ ।

सुन तस्करी मौलाउँदै गएको बेला यस्तो तस्करीमा माओवादीकै नेताको समेत संलग्नतामा आशंका रहनु विडम्बना नै हो । समाजमा रहेका विकृति विसंगतिका विरुद्ध वलिदानीपूर्ण संघर्ष गरेको माओवादीको एउटा हिस्सा त्यसको अंग बन्दा सिङ्गो माओवादी र विगतको त्याग, वलिदानको उसको छवि धुमिल बनेको छ ।

 

२०७० को संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट प्रत्यक्षतर्फका उम्मेदवार बनेका सरल सहयात्री पौडेलका निकै निकट सम्बन्ध रहेका र नाताले पनि काका पर्ने राजकुमार पौडेल फरार सूचीमा रहेपछि त झन् सिन्धुपाल्चोकका माओवादी नेताहरु शंकाको घेरामा परेका छन् । सरलकै समन्वय र विशेष पहलमा राजकुमार भोटेकोशी गाउँपालिकाको अध्यक्ष बनेका ब्यक्ति हुन् ।

सामान्य परिवारमा जन्मेर सामान ओसारपसार गर्ने राजकुमार माओवादी युद्धकालदेखि अप्रत्यासित रुपमा धनी बन्दै गएको रहस्य पनि अहिले खुलेको छ । विगतमा मसाल पृष्ठभूमिबाट माओवादी बनेका सरल सहयात्रीले भूमिगतकालमा यिनै राजकुमार पौडेललाई तस्करीमा साथ दिंदै आएको चर्चा सिन्धुपाल्चोकमा पहिलेदेखि नै चलेको हो ।

कुनै राजनीतिक पृष्ठभूमि नभएका राजकुमारलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टीका लगाउने वित्तिकै भोटेकोशी गाउँपालिका अध्यक्षमा उम्मेदवार बनाएकाले यो प्रकरणमा सरलमात्र नभएर सिन्धुपाल्चोकका नेता अग्नि सापकोटाको पनि लहरो जोडिएको विपक्षीहरुले भन्ने गरेका छन् । २०६४ सालमा ट्रकका ट्रक रक्तचन्दन नेपालबाट खासातर्फ लैजानमा राजकुमारहरुको हात रहेको ‘ओपन सेक्रेट’ जस्तै हो । यसमा दोलखाका केही माओवादी नेताको पनि संलग्नता रहेको बताइन्छ ।

 

परिवार नै तस्करी पृष्ठभूमिको रहेको राजकुमार पौडेलका दाजु नारायण पौडेल अवैध डलर कारोवारका नामुद ब्यक्ति हुन् । प्रायः भारततिर बस्दै आएका पौडेललाई केही समय पहिले प्रहरीले पक्राउ पनि गरेको थियो । उनलाई १० करोड डलर अपचलन गरेको आरोपमा पक्राउ गरिएको थियो । बैकिङ कारोवारसमेत नहुने नारायण पौडेलले अहिले पनि नगद मात्र कारोवार गर्छन् ।

जनप्रतिनिधि भएपछि ढुक्कसँग तस्करी गर्न पाउने सपना देखेका राजकुमारका दाजु बच्चु पौडेल पनि अवैध हुण्डी व्यवसायमा छन् । देखाउनका लागि नयाँ सडकको एक घरमा कार्यालय सञ्चालन गरेर बसेका वच्चु भने नेपाली काँग्रेसका समर्थक मानिन्छन् । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतसँग लाइन मिलाउने बच्चुले तस्करीबाट आर्जन गरेको पैसाले जलविद्युत व्यवसायमा पनि लगानी गरेका छन् ।

राजकुमार पौडेलका जेठो दाजु ध्रुव पौडेल भने नेकपा ९एमाले० नजिक छन् । तत्कालीन फुल्पिङकटी गाविसको अध्यक्षमा एमालेका तर्फवाट विजयी भएका उनको काम भने भाइहरुले गरेको तस्करीलाई संस्थागत गर्नु हो । वैधानिकता दिने हो । पछिल्लो समय वामदेव गौतमसँग नजिक भएका धु्रवले वामदेव गौतम नै गृहमन्त्री भएका बेला भाइ नारायणले गरेको डलर अपचलनको कारोवार मिलाएका थिए ।

यसरी परिवारै तस्करीमा संलग्न भएका राजकुमार पौडेललाई टिकट दिएर गाउँपालिका अध्यक्ष बनाएपछि सिन्धुपाल्चोक माओवादीमा भाँडभैलो आएको थियो । विशेषगरी सरल सहयात्री पौडेल, युवराज दुलाल शरदले उनलाई संरक्षण गरेका, बोकेको बताइन्छ । उनीहरुलाई माथिल्लो राजनीतिक संरक्षण गर्ने काम भने अग्निप्रसाद सापकोटाले गरेका छन् ।

तातोपानी नाकासँग जोडिएको क्षेत्रका विवादास्पद व्यापारी आफ्नो पक्षमा पार्न सिन्धुपाल्चोकमा माओवादीहरुबीचमा समेत हानाथाप नै हुन्छ । यस्तो नगर्नेहरुको ध्रुव पराजुली ‘सन्तोष’ को हालत हुने सिन्धुपाल्चोकका विपक्षीहरुले पनि भन्ने गरेका छन् ।

अवैध स्रोतमा हात नहालेका कारण, कम्युनिस्टको निस्ठा र आदर्श बचाएकाले अग्नि सापकोटाको पेलानले सन्तोष पार्टी त्याग्न विवस भएको सिन्धुपाल्चोकका जनताले भन्ने गरेका छन् । ध्रुव पराजुलीहरु वाहिरिने र सरल, शरदहरु जस्ताको वोलवाला हुने सिन्धुपाल्चोकमा अग्नि सापकोटाको पनि दीर्घकालीन राजनीति नचल्ने पुराना राजनीतिकर्मीहरु बताउँछन् ।

 

पहिलो चरणको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट भोटेकोशी गाउँपालिका अध्यक्षमा निर्वाचितसमेत भएका राजकुमार पौडेल सुन तस्करीको मुख्य नाइके हुन् । उनको सरल सहयात्री भतिज नाता पर्छ । राजधानीको टोखाबाट १४ किलो र जनकपुरबाट एक किलो सुन बरामद हुने वित्तिकै फरार रहेका पौडेलको खोजी भइरहेको छ । सरल सहयात्रीको टिम उनलाई बचाउनु प¥यो, विपक्षीले फसाएका हुन भन्दै माओवादी नेता र गृहमन्त्रालयमा धाइरहेको बताइन्छ ।

सुनसँगै पक्राउ परेका पेम्बा शेर्पासहित अन्यको बयानका आधारमा राजकुमार पौडेलको संलग्नता खुलेको हो । अनुसन्धानपछि सुन तस्करीको मुख्य योजनाकारको रुपमा राजकुमार पौडेल देखिएसँगै उनी फरार भएका हुन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा राजकुमारसँगै सरल र अग्नि सापकोटाको पनि नाम जोडिएको सूत्रले जनाएको छ । यो कुनै पूर्वाग्रहले पोलेको हो या कुनै संलग्नता हो यो भने अनुसन्धानबाट थाहा लाग्छ ।

 

राजधानीमै समेत चार वटा महल ठड्याउन सफल राजकुमार नेपाल ट्रक कन्टेनर व्यवसायी संघका दुई पटक अध्यक्ष भएका ब्यक्ति हुन् । तातोपानी नाका हुँदै तिब्बततर्फ रक्तचन्दनको निकै तस्करी भइरहँदा राजकुमारको धेरै ठूलो सक्रियता थियो । पछिल्लो समयमा उनी सुन तस्करीमा लागेको रहस्य खुल्यो । प्रहरीले तस्करीमा संलग्न चिनियाँसहित सबैको पहिचान भइसकेको भन्दै उनीहरुलाई पक्राउ गरिने जानकारी दिएको छ ।

सरल पनि पछिल्लो समयमा अकुत सम्पति कमाउने माओवादीमध्येमा पर्दछन् । सरल पौडेलको वास्तविक नाम भने सूर्य पौडेल हो । यिनी भूमिगत हुनुपूर्व तत्कालीन मानेश्वारा गाविस ७ मा बस्ने यिनको परिवारले विहान वेलुकीको अन्नको जोहो गर्न पनि मुश्किल नै थियो । यिनका दाजु शम्भु पौडेल जनयुद्धमा सहिद भएका हुन् । वैचारिक निष्ठा र आदर्शमा बाँच्न रुचाउने शम्भुको जीवन अत्यन्त सादगी थियो । सरलले भने रातारात अरवौको रकम चलाउने भएपछि यिनको आम्दानीको स्रोतकाबारे विभिन्न निकायमा उजुरीसमेत परेको छ ।

 

प्रतिक्रिया दिनुहोस
इरानी राष्ट्रपति चढेको हेलिकप्टर सम्पर्कविहिन

  इरानी राष्ट्रपति इब्राहिम रायसीलाई बोकेको हेलिकप्टर सम्पर्क विहिन भएको छ । अजरबैजानको

प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौं : माधव नेपाल

     एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएका छन्

नेप्से- ४५ अंकले वृद्धि, सवा ५ अर्ब कारोबार

    शेयर बजारमा रौनक फर्किएको छ । बजार साताकाे पहिलाे कराेबार दिन

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता भएका सम्पूर्ण