क्षेत्र नं ४ को प्रादेशिक क्षेत्रमा धुर्वराज न्यौपानेको दावी



नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ को प्रादेशिक क्षेत्र तर्फ बुढानिलकण्ठ नगरपालिका तर्फको टिकट दौड रोमान्चक बन्दै गएको छ । अहिले यहाका स्थानीय नेताहरु टिकटको दावीमा अनौपचारिक रुपमा भेला र बैठक संचालन ,भेटघाट र आन्तरिक परामर्शमा लागि सकेका छन । यो दौडमा अहिले अग्र भागमा यस क्षेत्रका युवा नेता धुर्वराज न्यौपाने पनि अगाडी देखिएका छन ।उनले आफ्नो दावी प्रस्तुत गर्नका लागि आफु निकटका सदस्य तथा स्थानीय नेताहरु संग छलफल र तयारी थालेको उनि निकट श्रोतले बतायो ।

२०६२र६३ को जन आन्दोलनले काठमाडौको उत्तरी भेगमा एक एक राजनीतिक चेतनाको लहर सिर्जना गरेको थियो । त्यसै लहर र परिस्थितिको उपजको रुपमा न्यौपाने राजनीतिको मुलधारमा पुनरागमन गरेका थिए ।

उनि २०५५ र५६ शाल देखि नै यस क्षेत्रको राजनीति र समाज सेवामा क्रियाशील बन्दै आएका थिए ।तत्कालिन प्रजातान्त्रिक रास्ट्रिय युवा संघको वडा नं १ अध्यक्ष ,तत्कालिन कपन गाउ कमिटि सचिव बनेका न्यौपाने त्यस पछिको केहि समय राजनीतिको मुलधार छोडेर समाजसेवामा केन्द्रित बनेका थिए ।

तर जन आन्दोलन पछी फेरी न्यौपाने युवा संघ मार्फत राजनीतिमा पुनरागमन गरेका थिए ।त्यो राजनीतिक उभारले सिर्जना गरेको आकर्षणमा होमिएका यस क्षेत्रका युवाहरुलाई उनले नेतृत्व प्रदान गर्न सफल भए र एमालेको स्थानीय राजनीतिमा आफ्नो प्रभाव विस्तार गर्दै लगे ।

उनले स्थानीय राजनीतिमा युवा संघ अध्यक्ष ,तत्कालिन कपन गाउ कमिटि उप सचिव हुदै अध्यक्षको रुपमा २ कार्यकाल नेतृत्व प्रदान गरे । त्यस समयमा रहेको माओवादी ज्यादतीको विरूद दरो रुपमा उभिदै एमालेका कार्यकर्ताको संरक्षण र संगठन विस्तार गर्न उनको योगदान ठुलो रहेको एक एमाले नेता बताउछन । तथापी पछिल्लो समय समुहगत राजनीतिले गर्दा उनको राजनीतिक दायरा खुम्चिने सम्भावना तर्फ उनले विचार पुर्याउनु पर्ने ति नेताले बताए ।

पहिलो संविधान सभाको निर्वाचन पश्चात यस क्षेत्रका मुख्य नेताको पार्टीबाट बहिर्गमन पछी केहि कमजोर बनेको एमालेलाई पुन बलियो बनाउन योगदान गरेको श्रेय न्यौपानेलाई जाने ति नेताले थपे ।यस क्षेत्रका नेता मिठाराम अधिकारी सबैलाई गोलवन्द गर्न असफल बनेको वेला यस क्षेत्रका युवा तथा अन्य पार्टी कार्यकर्तालाई एक बनाई चुनौतिको सामना गरेका न्यौपानेले करिव ५ वर्ष तत्कालिन कपन गाविसमा दलीय प्रतिनिधिको रुपमा पनि काम गर्दै विकास प्रेमी युवाको रुपमा परिचय बनाएका थिए ।

न्यौपाने नेकपा एमालेको क्षेत्रीय कमिटि क्षेत्र नं ४ को सचिव हुदै हाल प्रतिनिधि सभा क्षेत्रको सदस्य रहेका छन ।यसका साथै उनि विभिन्न शैक्षिक र सामाजिक संघ संस्थामा पनि क्रियाशील रहेका छन।

राजनीतिक जिम्मेवारीको साथमा न्यौपाने अहिले काठमाडौ जिल्ला खेलकुद विकास समितिको अध्यक्षको रुपमा पनि सक्रिय रहेका छन ।खेलकुद क्षेत्रमा पूर्वाधार निर्माण ,खेलाडीको वृति विकास र सहभागितामा प्राथमिकता दिएका न्यौपानेले खेल क्षेत्रमा पनि आफ्नो अर्थपूर्ण उपस्थिति जनाएका छन ।

अहिलेको दौडमा लागेका अन्य नेताहरुको पंक्तिमा शशक्त रुपमा उपस्थित बनेका न्यौपानेलाई सहजता भने नरहेको एक नेता बताउछन ।यस क्षेत्रका प्रभावशाली युवाहरु जसको नेउपानेको राजनीतिक यात्रामा निकै ठुलो योगदान रहेको छ ति युवाहरु र पार्टीका पुराना कार्यकर्ताहरुलाई समेट्न सके न्यौपानेको दावी सफल बन्ने ति नेताको भनाइ छ ।

यो दावी गरिरहदा न्यौपानेले अनुकुलता र प्रतिकुलता दुवै सामना गर्नु पर्ने देखिन्छ र त्यसको व्यवस्थापन गर्न उनले पुर्याउने चातुर्य र सामर्थ्यले उनको आगामी राजनीतिक यात्राको संकेत गर्ने देखिन्छ ।उनको अहिलेको अनुकुलता भनेको स्थानीय राजनीतिमा साविक कपनका ३ वटा वडाहरुको प्रभावशाली भूमिका र पछिल्लो समयमा मिठाराम अधिकारीको खस्किदो राजनीति रहेको छ भने प्रतिकूलताको रुपमा यो दौडमा रहेका अन्य नेताहरु संगको प्रतिस्पर्धा नै रहने देखिन्छ ।

काठमाडौं क्षेत्र नं ४ को प्रादेशिक क्षेत्रमा दावी किन भन्ने प्रश्नमा न्यौपानेले आफ्नो योगदान र यस क्षेत्रका युवाहरुको भूमिका र स्थानको लागि दावी रहेको बताउछन ।

नेकपा एमालेको प्रादेशिक क्षेत्रमा अहिले सुन्दर पुर्कुटी , विदुर विक्रम खड्का ,मिठाराम अधिकारी,कुसुम कुमार कार्की र जयराम थापा दावेदार रहेका छन ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्