चन्दलाई प्रहरी प्रमुख बनाउन यसरी मिल्यो कुरा,अमेरिका बाट देउवा फर्किए लगत्तै अर्याल लखेटिने



हाम्रो इकोनोमि

सरकारले नेपाल प्रहरीको आईजीपीमा एआईजी जयबहादुर चन्दलाई नियुक्त गर्ने तयारी थालेको छ । हालका आईजीपी प्रकाश अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्ती गर्नेगरि निर्णय गर्न लागेको स्रोतको दाबी छ ।

मन्त्रिपरिषद् बैठकले यस विषयमा छिट्टै टुङ्गो लगाउने एक मन्त्रीले जानकारी दिए । एआईजी चन्दलाई महानिरीक्षकमा नियुक्ती गर्ने आन्तरिक तयारी अहिलेको सरकारले थालिसकेको बुझिएको छ । स्रोतका अनुसार सत्तारुढ दलवीच यसअघि नै पहिले अर्याललाई र त्यसपछि चन्दलाई नै आईजीपी बनाउने भद्र सहमति भैसकेको थियो । प्रधानमंत्री देउवा अमेरिका बाट फर्किए लगत्तै बस्ने क्याबिनेटले उक्त निर्णय गर्ने श्रोतले बतायो।

अदालतको पनि सम्मान र सरकारको कार्यकारी अधिकारलाई पनि रक्षा गर्दै महानिरीक्षकमा दुवैको बढुवा गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरवहादुर देउवाबीच छलफल भएको थियो ।

हालका आईजीपी अर्याललाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार र चन्दलाई प्रहरी नेतृत्वको जिम्मा दिने विषयमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...