गोपाल खड्कालाई सुली चढाए लगत्तै माओवादी मन्त्रीले यस्तो ल्याए भ्रष्टाचारीलाई फाँसीमा चढाउने प्रस्ताव



हाम्रो इकोनोमि

आपूर्तिमन्त्री शिवकुमार मण्डलले भ्रष्टाचारलाई फाँसीको सजाय दिनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

नेकपा माओवादी केन्द्रका तर्फबाट आपूर्ति मन्त्री रहेका मण्डलको यो प्रस्तावमा आजको मन्त्रिपरिषद बैठकमा समेत छलफल प्रारम्भ भएको छ । मन्त्री मण्डले भ्रष्टाचारीलाई फाँसीमा चढाउने प्रस्ताव आफूले क्याविनेटमा लगेको खुलासा गरे ।
पत्रकार ऋषि धमलाको हिमालय टेलिभिजनबाट प्रशारण हुने ‘धमलाको हमला’ कार्यक्रममा हाम्रो देशलाई भ्रष्टाचार मुक्त गर्न सकिदैन ? भन्ने प्रश्नमा मन्त्री मण्डलले भने– त्यसका लागि फाँसी दिने कानूनी व्यवस्था राज्यमा हुनुपर्छ । भ्रष्टाचारीलाई फाँसी दिने कानून सबैले मिलेर बनाउनुपर्छ ।
उनले बहुमतीय प्रणाली, ६–६ महिनामा सरकार परिवर्तन हुने कुराले यो मुलुकमा भ्रष्टाचारबाट उन्मुक्ति पाउन नसकिएको गुनासो गर्दै अब स्थिर सरकार र फाँसीको सजायँ अनिवार्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...