प्रकाश अर्याललाई हटाएर जयबहादुरलाई प्रहरी प्रमुख बनाउन यसरी होमिदैछ देउवा सरकार



एआईजी जयबहादुर चन्दलाई नेपाली प्रहरीको महानिरीक्षक बनाउन पुनः कसरत सुरु भएको छ । यसअघि तेस्रो नम्बरमा रहेका डीआईजी चन्दलाई तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले आईजीपी नियुक्त गरेको थियो ।चन्दलाई आईजीपी नियुक्त गरिएपछि सर्वोच्च अदालतले सरकारलाई सो निर्णय कार्यान्वयन नगराउन आदेश दिएको थियो । सर्वोच्चको सो आदेशसँगै चन्द आईजीपीको फुली लगाउनबाट वञ्चित भएका थिए ।

त्यसपछि सरकारले फागुनमा प्रकाश अर्याललाई आईजीपी नियुक्त गरेको थियो । तत्कालीन डीआईजी नवराज सिलवालले आफू वरीयताको पहिलो नम्बरमा रहेको भन्दै अर्याललाई आईजीपी नबनाउन मागसहित सर्वोच्चमा रिट हालेका थिए । सो रिट भदौ २७ गते सर्वोच्च अदालतले खारेज गरिदिएको छ । सिलवालले डीआईजीबाटै राजीनामा दिएका छन् । उनको राजीनामा प्रहरी प्रधान कार्यालयले अझै स्वीकृत गरेको छैन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आईजीपी प्रकाश अर्याललाई राजीनामा दिन सल्लाह दिएको बताइन्छ । केही दिनअघि देउवाले प्रधानमन्त्री निवास बालुवाटार बोलाएर अर्याललाई राजीनामा दिन सल्लाह दिएको स्रोतले बतायो । प्रधानमन्त्रीको आग्रहप्रति आईजीपी अर्यालले कुनै प्रतिक्रिया नजनाएको बताइन्छ ।

‘प्रधानमन्त्री देउवा केही समयका लागि भए पनि चन्दलाई आईजीपी बनाउने पक्षमा देखिएका छन् । उनी सकभर प्रदेश र प्रतिनिधिसभा निर्वाचनअघि नै चन्दलाई आईजीपी बनाउन चाहन्छन्,’ स्रोतले भन्यो । आईजीपी अर्याल, एआईजी चन्दसहित १५ जना आगामी चैत २९ गतेदेखि उमेरहदका कारण अनिवार्य अवकाश पाउँदैछन् । सोही कारण ६ महिना भए पनि प्रधानमन्त्री देउवाको चाहना चन्दलाई आईजीपी बनाउने रहेको बुझिएको छ । देउवाकै दबाबमा तत्कालीन प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधिले चन्दलाई आईजीपी बनाउने निर्णय गरेका थिए । तर, त्यो निर्णय कार्यान्वयनमा आउन सकेन ।

एआईजी चन्द अहिले प्रहरीको आयुक्त कार्यालय रानीपोखरीमा कार्यरत छन् । यदि प्रधानमन्त्री देउवाबाट बढी नै ‘प्रेसर’ आएमा आईजीपी अर्याल राजीनामा दिएर घर फर्कन सक्ने उनी निकट स्रोतले बतायो ।

सात प्रदेश आईजीपी नियुक्तिको तयारी

सरकारले सातै प्रदेशमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनअगाडि प्रदेश आइजिपी नियुक्तिको तयारी थालेको छ । निर्वाचनअगाडि नै प्रदेशमा आइजिपी नियुक्तिको तयारीमा गृह मन्त्रालय लागेको छ । जसका लागि गृहले एक महिनाभित्रै संघीय प्रहरी ऐन ल्याउने भएको छ । ऐन ल्याएलगत्तै सातै प्रदेशमा आइजिपी नियुक्ति गरिनेछ ।

हाल सातै प्रदेशमा एआइजीलाई प्रदेश इन्चार्ज बनाएर खटाइएको छ । तर, ऐन नभएकाले पहिला क्षेत्रीय प्रहरी कार्यालयले गर्ने काम उनीहरूले गर्दै आएका छन् । गृहले सबै निकायसँग सरसल्लाह गरी संघीय प्रहरी ऐनको मस्यौदालाई अन्तिम चरणमा पु¥याएको छ । ऐन आएलगत्तै आइजिपी नियुक्त गरेर अधिकारसमेत दिन लागिएको मिडिया एनपीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्