कानून अभावमा निर्वाचन रोकिँदैन कानूनमन्त्री



हाम्रो इकोनोमि

कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले कानूनको अभावमा देशका कुनै पनि निर्वाचन नरोकिने बताउनुभएको छ ।

पोखराबाट प्रकाशन हुने ‘समाधान’ राष्ट्रिय दैनिकको आज यहाँ आयोजित १६ औँं वार्षिकोत्सव समारोहमा उहाँले संविधानको कार्यान्वयनका लागि सबै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्वलाई आत्मसात् गर्दै दृढ विश्वासका साथ आवश्यक कानून निर्माणको कार्य अघि बढेको बताउनुभयो ।
सो अवसरमा व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीले अबको पत्रकारिता विकास र समृद्धिका लागि र राजनीति विकासका लागि हुनुपर्नेमा जोड दिँदै सञ्चार जगत् निराशा नभई सकारात्मक सोच र धारणा अभिवृद्धि गराउनेतर्फ उन्मुख बन्नुपर्नेमा जोड दिनुभयो ।

‘समाधान’ का प्रधानसम्पादक नारायण कार्कीले आगामी दिनमा निरन्तर रचानात्मक सुझाव तथा सहयोगको माग गर्नुभयो । पत्रिकाका सम्पादक रामकृष्ण ज्ञवालीले पत्रकारिता क्षेत्रमा नै अघोषित प्रतिबन्ध जस्तो जर्जरपूर्ण अवस्थामा २०५९ असोज १ देखि समाजलाई सुसूचित गर्ने लक्ष्यका साथ सञ्चालित पत्रिकाले जनताका लागि निरन्तर पत्रकारिता गर्दै आएको बताउनुभयो ।

समाधान मिडिया प्रालिका अध्यक्ष उमानाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा यस वर्षको उत्कृष्ट वितरक सम्मान कृष्ण नेपाली, उत्कृष्ट बजार सम्मान महेन्द्र ढुंगाना र उत्कृष्ट समाचारदाता सम्मान अर्जुन गिरीलाई दिइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...