बाली विज्ञान विषयप्रति विद्यार्थीको आकर्षण बढ्दो



हाम्रो इकोनोमि

रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माविमा शुरु गरिएको बाली विज्ञान विषयप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।

कक्षा १२ सम्मको अध्ययन पूरा गरेलगत्तै सहजरुपमा जागिर पाउने तथा सस्तो शुल्कमा आफ्नै जिल्लामा बाली विज्ञान विषय अध्ययन गर्ने वातावरण मिलेपछि प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको हो ।

जिल्लामै पहिलोपटक पाँच वर्षअघि बाली विज्ञान विषयको कक्षा शुरु गरेको पञ्च माविमा अहिले उक्त विषय अध्ययन गर्ने विद्यार्थीको चाप बढेको छ ।

नेपाल सरकार, शिक्षा मन्त्रालय, शिक्षा विभागबाट २०७३ र ७४ मा बाली विज्ञान विषयतर्फ कक्षा १२ सम्मको अध्ययन अध्यापन गराउने सम्बन्धन पाएपछि पञ्च मावि प्राविधिक शिक्षा लिन चाहने छात्रछात्राको आकर्षणको केन्द्र बनेको हो ।

जनशक्तिको मागका आधारमा पछिल्लो समय प्राविधिक शिक्षाअन्तर्गत बाली विज्ञान विषयप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको विद्यालयका प्रधानाध्यापक भवकृष्ण ढकालले बताउनुभयो । २०२४ सालमा स्थापना भएको पञ्च माविले आव २०६९ र २०७० देखि मावि तहमा बाली विज्ञान विषयको पठनपाठन शुरु गरेको थियो ।

विसं २०७३ असोज ६ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार बाली विज्ञान विषयमा उच्च माविस्तरको कक्षा सञ्चालन गर्ने स्वीकृति पाएको पञ्च माविमा हाल कक्षा ९ मा ४७ जना, कक्षा १० मा २८ जना, कक्षा ११ मा २७ जना र कक्षा १२ मा २४ जना विद्यार्थी अध्ययनरत रहेका छन् । पञ्च मावि बाली विज्ञान विषयमा अध्ययन गराउने जिल्लाको पहिलो र एकमात्र विद्यालय हो ।

कक्षा ११ को सम्बन्धन लिएपछि पञ्च माविमा बाली विज्ञानप्रतिको आकर्षण बढेर गएको प्रअ ढकालले बताउनुभयो ।
बाली विज्ञानमा बढी मात्रामा विद्यार्थीको चाप बढेपछि यसपटक छनोट गरेर ४७ जनालाई मात्र कक्षा ९ मा भर्ना गरिएको विद्यालयले जनाएको छ । बाली विज्ञानप्रतिको आकर्षणकै कारण थप व्यवस्थापनका लागि विद्यालयले गत फागुन तेस्रो साता श्रीमद्भागवत धान्याञ्चल सप्ताह महायज्ञ आयोजना गरेको थियो ।

शुरुमा सहयोगका नाममा मासिक प्रतिव्यक्ति रु छ हजार शुल्क लिँदै आएको विद्यालयले शिक्षा मन्त्रालय शिक्षा विभागबाट सम्बन्धन पाएपछि भने मासिक शुल्क घटाएर प्रतिव्यक्ति रु एक हजार बनाएको व्यवस्थापन समितिका अध्यक्ष अशोक आचार्यले बताउनुभयो । बाली विज्ञानसँग सम्बन्धित जनशक्तिको अभाव भएकाले पनि विद्यार्थीको आकर्षण बढेको अध्यक्ष आचार्यको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...