वडा सदस्यलाई मोसो दलेर दुव्र्यवहार



नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले शिवपुरी गाउँपालिका वडा नं ४ सिक्रेका वडा सदस्य उद्धवबहादुर थापालाई गएराति मोसो दलेर दुव्र्यवहार गरेका छन् ।

नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित थापालाई पदीय जिम्मेवारी पूरा नगरेको र शक्तिको दुरुपयोग गरेको अभियोग लगाउँदै मोसो दलेर ‘जनकारबाही’ गरेको नेकपाका जिल्ला सेक्रेटरी सागर तिमिल्सिनाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पूर्व प्रहरी हवल्दारसमेत रहनुभएका थापालाई घरमा नै बसिरहेको समयमा सो पार्टीका कार्यकर्ताले यसअघि सच्चिन सचेत गराए पनि अटेर गरेकाले मोसो दलेर कारबाही गर्न बाध्य भएको जनाएको छ ।

थापाले गाउँमा सञ्चालन गरेको औषधि पसल अवैध रहेको र त्यसबाट बिरामीको स्वास्थ्यमाथि खेलबाड गरेको र आव २०६३÷६४ मा झोलुङ्गे पुल निर्माणका लागि निर्माण समितिको अध्यक्ष बनेर प्राप्त बजेट अनियमितता गरी पुलको निर्माण अझै शुरु नगरेकाले जनताबाट आएको उजुरीका आधारमा पहिलो चरणमा सचेतस्वरुप मोसो दलेको र नसच्चिए थप कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ ।

गत शुक्रबार पनि नेकपाको विद्यार्थी भ्रातृ संगठन अखिल क्रान्तिकारीले दुप्चेश्वर गाउँपालिका–१ स्थित इन्द्रेणी प्राविका शिक्षक रामकृष्ण श्रेष्ठलाई नियमितरुपमा विद्यालयमा अध्यापन गराउन नगएको भन्दै कारबाहीस्वरुप मोसो दलेका थिए ।

 

प्रकाशित मिति : १ आश्विन २०७४, आइतबार  ०५ : ३१  बजे

प्रतिक्रिया दिनुहोस
एमालेको बिधान महाधिवेशनमा विद्यालाई ढोका बन्द

    १४ असारमा पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेको सक्रिय सदस्यता नवीकरण गरेको र

च्यासललाई ललकार्ने र च्यासलबाट ललकार्ने तरिका बन्द गरौँ : योगेश भट्टराई

    नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीमा एक अर्कालाई ललकार्ने काम बन्द

महाधिवेशनले पास गरेको दस्तावेजमा प्रश्न उठाउनु संगठनात्मक अराजकता हो : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा आफैं

देउवाको एकलौटी निर्णय नमान्ने कोइराला गुटको चेतावी

    नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेताहरूमाथि गरेको कारबाही विधिसम्मत नभएको निष्कर्ष