मधेशमा एमालेको उभार : मौन अवधिमा सत्तापक्षको सेटिङ



निर्वाचन प्रचार प्रसारको अन्तिम दिन शुक्रवार माओवादीका पूर्व सभासद शिवराम यादवले फेसबुक स्टाटस अपडेट गर्दै लेखे–मधेश आन्दोलनको उद्गमस्थल लहान जित्नु एमालेका लागि समग्र मधेश जिते जत्तिकै हुन्छ । उनको यो सांकेतिक चुनावी आँकलनले लहानको सम्भावित चुनावी नतिजाबारे बुझ्न धेरैलाई सहज भएको छ ।

२ नम्बर प्रदेशको चर्चित व्यापारिक शहर लहानको चुनावी माहौल अन्तिम चरणमा पुग्दा एमालेका मेयर उम्मेदार मुनी साह बलियो बन्दै गएपछि माओवादी नेता यादवले फेसबुक पोष्ट गरेका हुन् । उसैपनि सिरहा सदरमुकाम सिरहा नगरपालिकाभन्दा राजमार्गको ब्यापारिक केन्द्र लहानको चुनावी चर्चा बढिनै भइरहेको छ यहाँ । माओवादी नेता यादवले त फेसबुकबाटै लेखेको एमालेको जित निश्चित छ ।

पहिलो मधेश आन्दोलनको उद्गमस्थल लहानमा मधेशवादी कमजोर बन्नु र एमाले एकाएक बलियो बन्नु आफैंमा आश्चर्यको विषय बनेको छ । धेरैले भन्न थालेका छन्–लाहान अर्को टिकापुर बन्न सक्छ । एमालेलाई लहानमा कसैले रोक्न सक्दैन ।

पछिल्लो तराई मधेश आन्दोलनको शुरुवात भएको टिकापुरमा जसरी एमालेले जितेर सबैलाई चकित पा¥यो,कतै लहान अर्को टिकापुर बन्ने त होइन रु यहाँ अहिले चर्चा यहि प्रश्नले पाइरहेको छ । एमालेले लहानलाई मुकाम बनाएर समग्र सिरहाको चुनावी अभियान चलाउनुले पनि विपक्षीहरु दबाबमा छन् ।
यसबीचमा लहानमा एमालेका बरिष्ठ नेताहरु माधवकुमार नेपाल,बामदेव गौतम,इश्वर पोखरेल,योगेश भट्टराई,प्रदीप ज्ञवाली लगायतका नेताहरु लहानमा आएर अभियान सन्चालन गरिसकेका छन् । लहानलाई एमालेले प्रतिष्ठाको विषय बनाइरहेको छ ।

‘हामी मधेश आन्दोलनको उद्गमथलो लहान जितेर मधेशी जनता के चाहान्छन् भन्ने सन्देश देशलाई दिन चाहान्छौं,असोज पहिलो साता लहानको नेतृत्व एमालेको हातमा पुग्नेछ’ जिल्ला अध्यक्ष प्रमोद यादवले भने ‘हामीलाई मधेश बिरोधी भन्नेहरु आयातित व्यक्ति हुन्,यहाँका रैथाने मधेशीको प्रतिनिधित्व हामी गर्छौं’ ।

केही महिनाअघिसम्म लहानमा एमालेको चहलपहल थिएन । मधेश आन्दोलनका कारण एमालेले खुला कार्यक्रम समेत गर्न सकेको थिएन । यहिबीचमा मुनी साह माओवादी छाडेर एमाले प्रवेश गरेसँगै लहानमा एमालेको चहलपहल शुरु भयो ।
२०५४ सालको स्थानीय चुनावमा पनि एमालेबाट मेयर जितेका मुनी साह २०७० को संविधानसभा चुनावमा माओवादीबाट उम्मेदवार बनेर कांग्रेसका पद्मनारायण चौधरीसँग झिनो मतले पराजित भएका थिए ।

यो एउटा उदाहरणमात्र हो,चुनाव प्रचारको अन्तिम दिनसम्म आउँदा मधेशमा एमाले कसैले नसोचेको ढंगले बलियो बनेपछि सत्तापक्ष भित्रभित्रै षडयन्त्रमा उत्रिएको छ । एमालेका कार्यकर्तामाथि आक्रमण गर्ने,आतंकित पार्ने र रातारात निर्वाचन अधिकृत सरुवा गर्नेसम्मका हर्कत हुन थालेका छन् ।
एमाले विरुद्ध घोषित तालमेल गर्न असफल भएका कांग्रेस माओवादीले केही ठाउँमा अघोषित रुपमा एमाले विरुद्ध तालमेल गर्न खोजेका छन् । विशेष गरि महेन्द्र राजमार्ग क्षेत्रका २७ स्थानीय तहमध्ये २० वटा एमालेले जित्ने देखिएपछि सत्तापक्ष तिलमिलाएको छ ।

एमाले कमजोर भएको भनिएका दक्षिण क्षेत्रका मधेशी बस्तिमा एमालेको पक्षमा झनै ठूलो उभार आएपछि अनेक षडयन्त्र शुरु भएका छन् । एमालेले सप्तरीदेखि पर्सासम्मका हुलाकी राजमार्ग दक्षिणका स्थानीय तहमा झन् ठूलो माहौल सिर्जना गरेको एमालेको आलोचना गर्ने मधेशका कतिपय बुद्धिजिवीहरुसमेत स्वीकार गर्न बाध्य भएका छन् ।
वीरगन्ज महानगरपालिका,कलैया उपमहानगरपालिका र जितपुर सिमहरा उपमहानगरपालिकामा एमालेको जित लगभग निश्चित देखिएको छ । ८ जिल्ला सदरमुकामध्ये कम्तिमा ५ वटा सदरमुकाम एमालेले जित्ने देखिएको छ । यसबीचमा कांग्रेस,माओवादी,राजपा र फोरमबाट ठूलो संख्यामा नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् ।
अहिलेसम्म बिभिन्न स्रोतबाट गरिएको आँकलन अुनसार एमालेले सप्तरीमा ५,सिरहामा ७,धनुषामा ७,महोत्तरीमा ६ र सर्लाहीमा १० स्थानीय तह जित्ने निश्चित देखिएको छ । त्यस्तै रौतहटमा ८,बारामा ९ र पर्सामा ७ स्थानीय तह जितेर एमाले पहिलो पार्टी बन्ने आँकलन गरिएको छ ।
२ नम्बर प्रदेशका १३६ स्थानीय तहमध्ये एमालेले ६० स्थानीय तह जित्ने अपेक्षा गरेको छ । मधेशमा एमालेको पक्षमा नसोचेको माहौल आएपछि सत्तापक्ष धाँधलीको षडयन्त्रमा लागेको छ । कांग्रेस र माओवादीले सेटिङ मिलाएर धाँधली गर्न लागेको सूचना पाएपछि संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलेनै बिरोध गरेका छन् ।

पछिल्लो समयमा मधेशमा एमालेको पक्षमा उभार देखिएको विश्लेषक राकेश मेहताले पनि स्वीकार गरेका छन् । उनले भने–शुरुमा एमाले मधेशमा छिर्न सक्दैन जस्तो लाग्थ्यो तर पछिल्ला दिनमा एमालेका ठूला सभा र जुलुसहरु भइरहेका छन् । मान्छेहरु एमालेको पक्षमा उभिन थालेका छन् ।
कांग्रेस,माओवादी र राजपाका नेताहरुले मधेशका हरेक सभाहरुमा एमालेलाई मात्र गाली गर्नुले पनि मधेशमा एमाले सबैभन्दा बलियो रहेको पुष्टि हुन्छ । अबका दुई दिन सत्तापक्षबाट हुन सक्ने चलखेल र धाँधली रोक्न सके मधेशमा एमाले पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने देखिन्छ । यसका साथै वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासको भूमिका पनि यस अवधिमा निर्णायक हुन सक्छ ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्