सात वर्षको प्रयासपछि बिजुली बल्यो



हाम्रो इकोनोमि

म्याग्दी जिल्लाको मालिका गाउँपालिका–७ बिम गाउँमा सात वर्षको प्रयासपछि बल्ल बिजुली बलेको छ ।

नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्र र स्थानीयवासीको लगानीमा गरिएको विद्युतीकरणको परीक्षण सफल भएपछि नियमित विद्युत् आपूर्ति गरिएको वडाध्यक्ष रेशम जुग्जाली ९सुविन०ले जानकारी दिनुभयो । बिममा २०६७ सालमा विद्युतीकरणका लागि पोल गाड्नेलगायतका काम गरिएको थियो ।

वडाध्यक्ष जुग्जालीका अनुसार साविकको बिम गाविसको ६ र ७ नं वडाका सबै घरधुरीमा र १, २, ३, ४ र ५ नं वडाका केही भागमा विद्युतीकरण गरिएको छ । विद्युतीकरण भएपछि स्थानीयवासी उत्साहित भएका छन् ।

पहिलो चरणमा गरिएको विद्युतीकरणबाट १८५ घरधुरी लाभान्वित भएका छन् । विद्युतीकरणका लागि उपभोक्ताले प्रतिघर रु सात हजारका दरले रु १२ लाख ९५ हजार संकलन गरेको वडाध्यक्ष जुग्जालीले बताउनुभयो ।

प्राधिकरणले मुख्य प्रसारण लाइनको पोल, तार र ट्रान्सफर्मर, जिल्ला समन्वय समितिले गत आवमा २८ वटा पोल, उपभोक्ताबाट संकलित रकमबाट शाखा लाइनको तार र पोल खरिद गर्ने, तार तान्ने तथा वाइरिङको काम गरिएको उपभोक्ता समितिले जनाएको छ ।
स्थानीयवासी तथा युके, हङ्कङलगायतका देशमा रहेका बिमवासीको सक्रियतामा गाउँमा लघु जलविद्युत् परियोजनाबाट विद्युत्को प्रयोग गरिएको थियो ।

यसैबीच छिमेकी धौलागिरि गाउँपालिकाको ताकममा केन्द्रीय विद्युतीकरणको काम भइरहेको छ । धौलागिरि गाउँपालिकाको ताकम, मुना, मुदी, लुलाङ, गुर्जा, मराङ र मल्कवाङवासी अझै पनि लघु जलविद्युत्, सोलार र टुकीको उज्यालोमा बस्न बाध्य छन् ।

 

प्रतिक्रिया दिनुहोस
रित्तो सिलिन्डर बोकेर बालेन सरकारविरुद्ध प्रदर्शन

  खाना पकाउने ग्यास नपाउँदा विद्यार्थीले समस्या भोग्नुपरेको भन्दै नेविसंघले खाली सिलिन्डर बोकेर...

भदौ ९ देखि १४ सम्म भृकुटीमण्डपमा नाडा अटो सो आयोजना हुने

    अटोमोबाइल प्रदर्शनीको १८औँ संस्करणको नाडा अटो सो यही ९ देखि १४...

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

    नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन्...

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

  नेपाल आयल निगमले सामान्यतया प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम...