सात वर्षको प्रयासपछि बिजुली बल्यो



म्याग्दी जिल्लाको मालिका गाउँपालिका–७ बिम गाउँमा सात वर्षको प्रयासपछि बल्ल बिजुली बलेको छ ।

नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्र र स्थानीयवासीको लगानीमा गरिएको विद्युतीकरणको परीक्षण सफल भएपछि नियमित विद्युत् आपूर्ति गरिएको वडाध्यक्ष रेशम जुग्जाली ९सुविन०ले जानकारी दिनुभयो । बिममा २०६७ सालमा विद्युतीकरणका लागि पोल गाड्नेलगायतका काम गरिएको थियो ।

वडाध्यक्ष जुग्जालीका अनुसार साविकको बिम गाविसको ६ र ७ नं वडाका सबै घरधुरीमा र १, २, ३, ४ र ५ नं वडाका केही भागमा विद्युतीकरण गरिएको छ । विद्युतीकरण भएपछि स्थानीयवासी उत्साहित भएका छन् ।

पहिलो चरणमा गरिएको विद्युतीकरणबाट १८५ घरधुरी लाभान्वित भएका छन् । विद्युतीकरणका लागि उपभोक्ताले प्रतिघर रु सात हजारका दरले रु १२ लाख ९५ हजार संकलन गरेको वडाध्यक्ष जुग्जालीले बताउनुभयो ।

प्राधिकरणले मुख्य प्रसारण लाइनको पोल, तार र ट्रान्सफर्मर, जिल्ला समन्वय समितिले गत आवमा २८ वटा पोल, उपभोक्ताबाट संकलित रकमबाट शाखा लाइनको तार र पोल खरिद गर्ने, तार तान्ने तथा वाइरिङको काम गरिएको उपभोक्ता समितिले जनाएको छ ।
स्थानीयवासी तथा युके, हङ्कङलगायतका देशमा रहेका बिमवासीको सक्रियतामा गाउँमा लघु जलविद्युत् परियोजनाबाट विद्युत्को प्रयोग गरिएको थियो ।

यसैबीच छिमेकी धौलागिरि गाउँपालिकाको ताकममा केन्द्रीय विद्युतीकरणको काम भइरहेको छ । धौलागिरि गाउँपालिकाको ताकम, मुना, मुदी, लुलाङ, गुर्जा, मराङ र मल्कवाङवासी अझै पनि लघु जलविद्युत्, सोलार र टुकीको उज्यालोमा बस्न बाध्य छन् ।

 

प्रकाशित मिति : १ आश्विन २०७४, आइतबार  ०२ : ५१  बजे

प्रतिक्रिया दिनुहोस
दुई दिनमा ४८ अंकले बढ्यो सेयर बजार

  साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको

दिगो बैंकिङमार्फत नबिलको विभिन्न उपलब्धि हासिल

    नबिल बैंकले दिगो बैंकिङमार्फत विभिन्न उपलब्धि हासिल गरेको छ । हालसम्म

ऊर्जा पूर्वाधारमा चीनको सहयोगका लागि मन्त्री खड्काको पहल

    शाङ्घाई सहयोग संगठन (SCO) ऊर्जा मन्त्रीस्तरीय बैठकको अवसरमा ऊर्जा, जलस्रोत तथा

११ महिनामा वीरगञ्ज नाकाबाट मात्रै भित्रियो एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ

    चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब ७४